YouVersion लोगो
खोज आइकन

भजनसंग्रह 93:1-5

भजनसंग्रह 93:1-5 NERV

परमप्रभु राजा हुनुहुन्छ। उहाँले वैभवी अनि सामर्थ्यपूर्ण पोषाकहरू लगाउनु हुन्छ। उहाँ तयार हुनुहुन्छ यसैले सारा संसार सुरक्षित छ, यो नष्ट हुनेछैन। परमेश्वर, तपाईंको राज्य सदा-सर्वदा चल्ने छ। परमेश्वर, तपाईं अनन्त सम्म बाँच्नु भयो। हे परमप्रभु नदिहरूको आवाज अति गर्जनपूर्ण छ। जोडसँग आउने छालहरू गर्जनपूर्ण छन्। जोडसँग आउने समुद्रका छालहरू गर्जनपूर्ण र शक्तिशली छन् तर परमप्रभु तिनीहरू भन्दा अझ शक्तिशाली हुनुहुन्छ। हे परमप्रभु, तपाईंको नियम सदा-सर्वदा चल्ने छ। तपाईंको पवित्र मन्दिर धेरै कालसम्म रहनेछ।

भजनसंग्रह 93 पढ्नुहोस्