YouVersion लोगो
खोज आइकन

भजनसंग्रह 93:1-5

भजनसंग्रह 93:1-5 NNRV

परमप्रभुले राज्‍य गर्नुहुन्‍छ, उहाँ महिमाले विभूषित हुनुहुन्‍छ, अनि शक्तिले सुसज्‍जित हुनुहुन्‍छ। पृथ्‍वीको जग सुदृढ़ छ, त्‍यो कहिल्‍यै डग्‍नेछैन। तपाईंको सिंहासन अनादिकालदेखि स्‍थापना भएको छ। तपाईं अनन्‍तदेखि हुनुहुन्‍छ। हे परमप्रभु, समुद्रहरू उर्लिआएका छन्‌, समुद्रका छालहरूको गर्जन उच्‍च भएको छ, तिनका भयानक लहरहरू उर्लिआएका छन्‌। महासमुद्रको गर्जनभन्‍दा, समुद्रका शक्तिशाली तरङ्गहरूभन्‍दा पनि, उच्‍चमा विराजमान हुनुहुने परमप्रभु शक्तिशाली हुनुहुन्‍छ। तपाईंका कानूनहरू दृढ़ छन्‌, हे परमप्रभु, अनन्‍तकालको निम्‍ति तपाईंको भवन पवित्रताले सुसज्‍जित छ।