भजनसंग्रह 93
93
भजन 93
1याहवेहले राज्य गर्नुहुन्छ, उहाँ वैभवले आभूषित हुनुहुन्छ;
याहवेह वैभवले आभूषित हुनुहुन्छ; र शक्तिले सुसज्जित हुनुहुन्छ;
निश्चय नै संसार दृढ र सुरक्षित स्थापित गरिएको छ।
2अनादिदेखि तपाईंको सिंहासन स्थापित भएको छ;
तपाईं अनन्तदेखि हुनुहुन्छ।
3हे याहवेह, समुद्रहरू उर्लिआएका छन्,
समुद्रहरूले आफ्नो गर्जन उच्च पारेका छन्;
तिनका भयानक छालहरू उर्लिएका छन्।
4महासमुद्रको गर्जनभन्दा शक्तिशाली,
समुद्रका तरङ्गहरूभन्दा पनि शक्तिशाली—
उच्चमा हुनुहुने याहवेह शक्तिशाली हुनुहुन्छ।
5हे याहवेह, तपाईंका कानुनहरू दृढ रहन्छन्;
अनन्तकालको निम्ति
तपाईंको भवन पवित्रताले सुसज्जित छ।
अहिले सेलेक्ट गरिएको:
भजनसंग्रह 93: NCV
हाइलाइट
शेयर गर्नुहोस्
कपी गर्नुहोस्
तपाईंका हाइलाइटहरू तपाईंका सबै यन्त्रहरूमा सुरक्षित गर्न चाहनुहुन्छ? साइन अप वा साइन इन गर्नुहोस्
पवित्र बाइबल, नेपाली समकालीन संस्करण
प्रतिलिपि अधिकार © 1998, 2006, 2021, 2024 Biblica, Inc.
अनुमतिसहित प्रयोग गरिएको छ।
सम्पूर्ण अधिकार विश्वव्यापी रूपमा सुरक्षित रहनेछ।
Holy Bible, Nepali Contemporary Version
Copyright © 1998, 2006, 2021, 2024 by Biblica, Inc.
Used with permission. All rights reserved worldwide.