भजनसंग्रह 92
92
भजन 92
एउटा भजन; विश्राम दिनको निम्ति एउटा गीत।
1याहवेहको प्रशंसा गर्नु
र हे सर्वोच्च परमेश्वर, तपाईंको नाममा धुन बजाउनु असल कुरा हो।
2बिहान तपाईंको अचुक प्रेमको
र राति तपाईंको विश्वासयोग्यताको घोषणा गर्नु,
3दशतारे वीणाको सङ्गीतमा
र सितारको मधुर लयमा तपाईंको स्तुति गर्नु असल कुरा हो।
4किनकि हे याहवेह, तपाईंले आफ्ना कामद्वारा मलाई आनन्दित पार्नुभएको छ;
तपाईंका हातका कार्यहरू हेरेर म हर्षले गाउँछु।
5हे याहवेह, तपाईंका कार्यहरू कत्ति महान् छन्!
तपाईंका विचारहरू कत्ति गहन छन्!
6विवेकहीन मानिसले यो जान्दैन,
मूर्खले यो बुझ्न सक्दैन,
7यद्यपि दुष्टहरू घाँसजस्तै मौलाउँछन्,
र सबै कुकर्मीहरूका फलिफाप पनि हुन्छ,
तर परिणाम स्वरूप तिनीहरू सधैँका निम्ति नष्ट पारिनेछन्।
8तर तपाईं, हे याहवेह, सदासर्वदा उच्च हुनुहुन्छ।
9किनकि, हे याहवेह, तपाईंका शत्रुहरू,
तपाईंका शत्रुहरू निश्चय नै नष्ट हुनेछन्;
सबै कुकर्मीहरू तितरबितर हुनेछन्।
10तपाईंले जङ्गली साँढेको सिङजस्तै मेरो सिङ#92:10 सिङ यहाँ यसको अर्थ शक्ति हुन्छ उच्च पार्नुभएको छ;
उत्तम तेलले मेरो अभिषेक भएको छ।
11मेरा आँखाले मेरा विरोधीहरूको हार भएको देखेका छन्;
मेरा कानले मेरा दुष्ट वैरीहरू लखेटिएका कुरा सुनेका छन्।
12धर्मीहरूचाहिँ खजूरको बोटझैँ फस्टाउनेछन्;
तिनीहरू लेबनानका देवदारुजस्तै बढ्नेछन्;
13तिनीहरू याहवेहका भवनमा रोपिएका हुनेछन्,
हाम्रा परमेश्वरका चोकहरूमा तिनीहरू मौलाउनेछन्।
14बुढेसकालमा पनि तिनीहरू फलदायी हुनेछन्;
तिनीहरू ताजा र हरिया भइरहनेछन्,
15र यस्तो घोषणा गर्नेछन्, “याहवेह धर्मी हुनुहुन्छ;
उहाँ मेरो चट्टान हुनुहुन्छ, र उहाँमा केही पनि दुष्टता छैन।”
अहिले सेलेक्ट गरिएको:
भजनसंग्रह 92: NCV
हाइलाइट
शेयर गर्नुहोस्
कपी गर्नुहोस्
तपाईंका हाइलाइटहरू तपाईंका सबै यन्त्रहरूमा सुरक्षित गर्न चाहनुहुन्छ? साइन अप वा साइन इन गर्नुहोस्
पवित्र बाइबल, नेपाली समकालीन संस्करण
प्रतिलिपि अधिकार © 1998, 2006, 2021, 2024 Biblica, Inc.
अनुमतिसहित प्रयोग गरिएको छ।
सम्पूर्ण अधिकार विश्वव्यापी रूपमा सुरक्षित रहनेछ।
Holy Bible, Nepali Contemporary Version
Copyright © 1998, 2006, 2021, 2024 by Biblica, Inc.
Used with permission. All rights reserved worldwide.