YouVersion लोगो
खोज आइकन

भजनसंग्रह 91

91
भजन 91
1जो सर्वोच्‍च परमेश्‍वरको शरणमा बास गर्दछ,
त्यो सर्वशक्तिमान्‌को छत्रछायामुनि सुरक्षित रहनेछ।
2म याहवेहको बारेमा भन्‍नेछु, “उहाँ मेरा शरणस्थान र किल्‍ला हुनुहुन्छ,
मेरा परमेश्‍वर, उहाँमा नै म भरोसा राख्दछु।”
3निश्‍चय नै उहाँले तिमीलाई
शिकारीको पासोबाट
र घातक रूढीबाट बचाउनुहुनेछ।
4उहाँले आफ्ना प्वाँखहरूले तिमीलाई ढाक्नुहुनेछ;
र उहाँको पखेटामुनि तिमीले शरण पाउनेछौ;
उहाँको विश्‍वासयोग्यता तिम्रो ढाल र सुरक्षाको पर्खाल हुनेछ।
5तिमी रातको त्रासदेखि डराउनेछैनौ,
न त दिउँसो उडेर आउने काँडदेखि नै डराउनेछौ,
6न अन्धकारमा फैलिने रूढीदेखि,
न त मध्यदिनमा नाश पार्ने महामारीदेखि नै डराउनेछौ।
7तिम्रो नजिक एक हजार जना ढल्नेछन्,
तिम्रो दाहिने हाततिर दश हजार;
तर त्यो तिम्रो नजिक आउनेछैन।
8तिमीले आफ्ना आँखाले मात्र त्यो हेर्नेछौ,
र दुष्‍टहरूको दण्ड देख्नेछौ।
9यदि तिमीले “याहवेह मेरो शरणस्थान हुनुहुन्छ भनी भन्यौ,”
र सर्वोच्‍च परमेश्‍वरलाई आफ्नो वासस्थान बनायौ भने,
10तिम्रो कुनै अनिष्‍ट हुनेछैन,
तिम्रो घरको नजिक कुनै विपत्ति आउनेछैन।
11किनकि उहाँले तिम्रो निम्ति आफ्ना स्वर्गदूतहरूलाई
तिम्रा सबै मार्गमा रक्षा गर्नलाई आज्ञा दिनुहुनेछ;
12तिमीलाई तिनीहरूका हातहरूमा उचाल्नेछन्,
ताकि तिम्रो खुट्टा ढुङ्गामाथि नबजारियोस्।
13तिमीले सिंह र गोमन सर्पलाई कुल्चनेछौ;
जवान सिंह र सर्पलाई तिमीले पैतालामुनि कुल्चनेछौ।
14याहवेह भन्‍नुहुन्छ, “उसले#91:14 सम्भवतः राजा हुनुपर्छ मलाई प्रेम गरेको हुनाले, म उसलाई छुटाउनेछु;
उसले मेरो नाम ग्रहण गरेको छ, यसकारण म उसको रक्षा गर्नेछु।
15उसले मलाई पुकार्नेछ, र म उसलाई उत्तर दिनेछु;
उसका दुःखको घडीमा म उसँग रहनेछु;
म उसलाई छुटकारा दिनेछु र आदर गर्नेछु।
16लामो आयु दिएर म उसलाई सन्तुष्‍ट पार्नेछु
र म उसलाई मेरो मुक्ति देखाउनेछु।”

अहिले सेलेक्ट गरिएको:

भजनसंग्रह 91: NCV

हाइलाइट

शेयर गर्नुहोस्

कपी गर्नुहोस्

None

तपाईंका हाइलाइटहरू तपाईंका सबै यन्त्रहरूमा सुरक्षित गर्न चाहनुहुन्छ? साइन अप वा साइन इन गर्नुहोस्