1
भजनसंग्रह 91:2
पवित्र बाइबल, नेपाली समकालीन संस्करण
म याहवेहको बारेमा भन्नेछु, “उहाँ मेरा शरणस्थान र किल्ला हुनुहुन्छ, मेरा परमेश्वर, उहाँमा नै म भरोसा राख्दछु।”
तुलना
अन्वेषण गर्नुहोस् भजनसंग्रह 91:2
2
भजनसंग्रह 91:1
जो सर्वोच्च परमेश्वरको शरणमा बास गर्दछ, त्यो सर्वशक्तिमान्को छत्रछायामुनि सुरक्षित रहनेछ।
अन्वेषण गर्नुहोस् भजनसंग्रह 91:1
3
भजनसंग्रह 91:15
उसले मलाई पुकार्नेछ, र म उसलाई उत्तर दिनेछु; उसका दुःखको घडीमा म उसँग रहनेछु; म उसलाई छुटकारा दिनेछु र आदर गर्नेछु।
अन्वेषण गर्नुहोस् भजनसंग्रह 91:15
4
भजनसंग्रह 91:11
किनकि उहाँले तिम्रो निम्ति आफ्ना स्वर्गदूतहरूलाई तिम्रा सबै मार्गमा रक्षा गर्नलाई आज्ञा दिनुहुनेछ
अन्वेषण गर्नुहोस् भजनसंग्रह 91:11
5
भजनसंग्रह 91:4
उहाँले आफ्ना प्वाँखहरूले तिमीलाई ढाक्नुहुनेछ; र उहाँको पखेटामुनि तिमीले शरण पाउनेछौ; उहाँको विश्वासयोग्यता तिम्रो ढाल र सुरक्षाको पर्खाल हुनेछ।
अन्वेषण गर्नुहोस् भजनसंग्रह 91:4
6
भजनसंग्रह 91:9-10
यदि तिमीले “याहवेह मेरो शरणस्थान हुनुहुन्छ भनी भन्यौ,” र सर्वोच्च परमेश्वरलाई आफ्नो वासस्थान बनायौ भने, तिम्रो कुनै अनिष्ट हुनेछैन, तिम्रो घरको नजिक कुनै विपत्ति आउनेछैन।
अन्वेषण गर्नुहोस् भजनसंग्रह 91:9-10
7
भजनसंग्रह 91:3
निश्चय नै उहाँले तिमीलाई शिकारीको पासोबाट र घातक रूढीबाट बचाउनुहुनेछ।
अन्वेषण गर्नुहोस् भजनसंग्रह 91:3
8
भजनसंग्रह 91:7
तिम्रो नजिक एक हजार जना ढल्नेछन्, तिम्रो दाहिने हाततिर दश हजार; तर त्यो तिम्रो नजिक आउनेछैन।
अन्वेषण गर्नुहोस् भजनसंग्रह 91:7
9
भजनसंग्रह 91:5-6
तिमी रातको त्रासदेखि डराउनेछैनौ, न त दिउँसो उडेर आउने काँडदेखि नै डराउनेछौ, न अन्धकारमा फैलिने रूढीदेखि, न त मध्यदिनमा नाश पार्ने महामारीदेखि नै डराउनेछौ।
अन्वेषण गर्नुहोस् भजनसंग्रह 91:5-6
होम
बाइबल
योजनाहरू
भिडियोहरू