भजनसंग्रह 55:1-11
भजनसंग्रह 55:1-11 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
मेरो प्रार्थना सुनिदिनुहोस्, हे परमेश्वर, र मेरो विनयबाट मुख नमोड्नुहोस्। मतिर ध्यान दिनुहोस्, र मलाई जवाफ दिनुहोस्। मेरो मनका विचारले म दु:खित छु, म व्याकुल छु, मेरा शत्रुको आवाजदेखि, दुष्टका आँखाको तराइदेखि, किनभने तिनीहरूले ममाथि कष्ट ल्याउँछन् र क्रोधमा तिनीहरू भर्त्सना गर्छन्। मेरो हृदय मभित्र ज्यादै वेदनामा छ, र मृत्युको त्रासले मलाई छोपेको छ। डर र कम्पनले मलाई घेरेको छ, र त्रासले मलाई पेलेको छ। मैले भनें, “ढुकुरका जस्तै मेरा पखेटा भए त म उड़ेर जानेथिएँ र विश्राम लिनेथिएँ। उड़ेर म टाढ़ा जानेथिएँ, र मरुभूमिमा म बस्नेथिएँ। सेला आँधी र तूफानबाट टाढ़ा, मेरो शरणस्थानतिर आतुरी गरेर जानेथिएँ।” हे परमप्रभु, दुष्टहरूका योजनाहरू नष्ट गरिदिनुहोस्। तिनीहरूको भाषा खलबल्याइदिनुहोस्, किनकि म सहरमा हिंसा र झगड़ा देख्तछु। दिनरात तिनीहरू त्यसका पर्खालमा चढ़ेर शिकारको खोजमा वरिपरि घुम्छन्, अधर्म र उपद्रव त्यसभित्र छन्। विध्वंसकारी शक्तिहरू सहरभित्र प्रबल छन्, धम्की र झूटले त्यसका सड़कहरू कहिल्यै छोड़ेर जाँदैनन्।
भजनसंग्रह 55:1-11 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
हे परमेश्वर, मेरो प्रार्थना सुन्नुहोस्; मेरो बिन्तीलाई बेवास्ता नगर्नुहोस्! मलाई सुन्नुहोस्, र मलाई जवाफ दिनुहोस्। मेरो मन धेरै दुःखित छ, र म व्याकुल भएको छु, मेरा शत्रुहरूको आवाजको कारणले, दुष्टहरूका धम्कीले गर्दा। किनकि तिनीहरूले ममाथि कष्ट ल्याएका छन्, र तिनीहरूका क्रोधमा मलाई सताउने गर्दछन्। मेरो हृदय मभित्र धेरै पीडामा छ; मृत्युको त्रास ममा परेको छ। डर र कम्पनले मलाई डुबाएको छ; त्रासले मलाई व्याकुल बनाएको छ। मैले भनेँ, “ओह, ढुकुरको जस्तै मेरा पखेटा भए त! म उडेर टाढा जानेथिएँ, र विश्राम लिनेथिएँ। म उडेर धेरै टाढासम्म जानेथिएँ, र मरुभूमिमा बस्नेथिएँ। सेला डरलाग्दा आँधीबेहरी र हुरीबाट धेरै टाढा, मेरो शरणस्थानतिर आतुरीसाथ जानेथिएँ।” हे प्रभु, दुष्टहरूलाई खलबल्याइदिनुहोस्; तिनीहरूका योजनालाई निरुत्साहित पारिदिनुहोस्; किनकि मैले सहरमा हिंसा र झैझगडा देख्दछु। तिनीहरू सहरका पर्खालहरूमा चढेर शिकारको खोजमा दिनरात वरिपरि घुम्छन्; त्यस सहरभित्र दुष्टता र उपद्रव छन्। सहरभित्र विनाशकारी शक्तिहरू सक्रिय छन्; त्यसका गल्लीहरूलाई धम्की र झूटले कहिल्यै छोड्दैन।

भजनसंग्रह 55:1-11 पवित्र बाइबल (NERV)
हे परमेश्वर, मेरो प्रार्थना सुन्नुहोस्। कृपया मेरो प्रार्थनालाई अनुग्रहको निम्ति अवहेलना नगरीदिनु होस्। परमेश्वर, मलाई सुनिदिनोस् र जवाफ दिनुहोस्, मलाई तपाईं प्रति बोल्न दिनुहोस् अनि मभित्रका पीडा र व्यथा, सुनिदिनुहोस्। मेरो शत्रुहरूले मप्रति अनुचित कार्यहरू गरे। त्यो दुष्ट मानिसले मसित चिच्यायो। मेरो शत्रुहरू क्रोधित थिए र मलाई आक्रमण गरे। तिनीहरूले मलाई सम्पूर्ण प्रकारले तहस-नहस गर्ने विघ्न-वाधाहरू सृष्टि गरे। मेरो हृदय भित्रभित्रै जोडले धड्किरहेको छ। मलाई मृत्युसित डर लाग्यो। म डरले गर्दा र थर-थर कामी रहेकोछु, म ती विघ्न-वाधाहरूको तूफानबाट भाग्न चाहन्छु। ओ हो! ढुकुरको जस्तो पखेंटाहरू भए म उड्ने थिएँ। अनि विश्राम गर्ने ठाउँ खोज्ने थिएँ। म धेरै टाढा, एकदम टाढा निर्जन ठाउँमा जाने थिएँ। म भागेर बाँच्ने थिएँ। म दुःखको तूफानबाट भाग्ने थिएँ। मेरो स्वामी, तिनीहरूका झूटो कुराहरू बन्द गर्नुहोस्। मैले यस शहरमा उपद्रो र झगडा़हरू देखें। प्रत्येक रात-दिन, हरेक छिमेकीपनमा, यो शहर अपराध र बर्बरताले भरिपूर्ण भयो। त्यहाँका गल्लीहरूमा अधिक भन्दा अधिक अपराधहरू भए। मानिसहरूले चारैतिर झूटा बोलेर ठगिरहेका थिए।
भजनसंग्रह 55:1-11 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
हे परमेश्वर! मेरो प्रार्थना सुन्नुहोस्, मेरो बिन्ती नसुनेझैँ नगर्नुहोस्! मेरो कुरा सुन्नुहोस् र उत्तर दिनुहोस्, म चिन्ता-फिक्रीले हैरान भएको छु। मेरा शत्रुहरूका धम्कीले म डराएको छु, दुष्टका सतावटले म चुर-चुर भएको छु, तिनीहरूले मलाई कष्ट दिन्छन्, तिनीहरू मसँग रिसाएका छन् र मलाई घृणा गर्छन्। म डराएको छु र मृत्युको डरले मलाई थिच्दछ। डरले मलाई ग्रस्त पारेको छ र म काम्दै छु, भयङ्कर डरले मलाई थिचेको छ। यदि मेरा परेवाका जस्ता पखेटा हुँदो हो ता, म उडी जानेथिएँ र विश्राम लिनेथिएँ। म टाढा उडी जानेथिएँ र मरुभूमिमा मेरो बासस्थान बनाउनेथिएँ। डरलाग्दो हुरी र आँधीबाट म चाँडै आश्रय खोज्नेथिएँ, हे प्रभु! मेरा शत्रुहरूका भाषा खलबल्याइदिनुहोस्। मैले सहरमा हिँसा र दङ्गा भएको देख्दछु, रात-दिन तिनीहरूले सहरका पर्खालमा चढेर त्यहाँ अपराध र उपद्रव गर्दछन्। चारैतिर विनाश भएको छ, सडकहरू छल र थिचो-मिचोले भरिएका छन्।