YouVersion लोगो
खोज आइकन

भजनसंग्रह 55:1-11

भजनसंग्रह 55:1-11 NNRV

मेरो प्रार्थना सुनिदिनुहोस्‌, हे परमेश्‍वर, र मेरो विनयबाट मुख नमोड्‌नुहोस्‌। मतिर ध्‍यान दिनुहोस्‌, र मलाई जवाफ दिनुहोस्‌। मेरो मनका विचारले म दु:खित छु, म व्‍याकुल छु, मेरा शत्रुको आवाजदेखि, दुष्‍टका आँखाको तराइदेखि, किनभने तिनीहरूले ममाथि कष्‍ट ल्‍याउँछन्‌ र क्रोधमा तिनीहरू भर्त्‍सना गर्छन्‌। मेरो हृदय मभित्र ज्‍यादै वेदनामा छ, र मृत्‍युको त्रासले मलाई छोपेको छ। डर र कम्‍पनले मलाई घेरेको छ, र त्रासले मलाई पेलेको छ। मैले भनें, “ढुकुरका जस्‍तै मेरा पखेटा भए त म उड़ेर जानेथिएँ र विश्राम लिनेथिएँ। उड़ेर म टाढ़ा जानेथिएँ, र मरुभूमिमा म बस्‍नेथिएँ। सेला आँधी र तूफानबाट टाढ़ा, मेरो शरणस्‍थानतिर आतुरी गरेर जानेथिएँ।” हे परमप्रभु, दुष्‍टहरूका योजनाहरू नष्‍ट गरिदिनुहोस्‌। तिनीहरूको भाषा खलबल्‍याइदिनुहोस्‌, किनकि म सहरमा हिंसा र झगड़ा देख्‍तछु। दिनरात तिनीहरू त्‍यसका पर्खालमा चढ़ेर शिकारको खोजमा वरिपरि घुम्‍छन्‌, अधर्म र उपद्रव त्‍यसभित्र छन्‌। विध्‍वंसकारी शक्तिहरू सहरभित्र प्रबल छन्‌, धम्‍की र झूटले त्‍यसका सड़कहरू कहिल्‍यै छोड़ेर जाँदैनन्‌।