YouVersion लोगो
खोज आइकन

भजनसंग्रह 55:1-11

भजनसंग्रह 55:1-11 सरल नेपाली

हे परमेश्‍वर! मेरो प्रार्थना सुन्‍नुहोस्, मेरो बिन्‍ती नसुनेझैँ नगर्नुहोस्! मेरो कुरा सुन्‍नुहोस् र उत्तर दिनुहोस्, म चिन्‍ता-फिक्रीले हैरान भएको छु। मेरा शत्रुहरूका धम्‍कीले म डराएको छु, दुष्‍टका सतावटले म चुर-चुर भएको छु, तिनीहरूले मलाई कष्‍ट दिन्‍छन्, तिनीहरू मसँग रिसाएका छन् र मलाई घृणा गर्छन्। म डराएको छु र मृत्‍युको डरले मलाई थिच्‍दछ। डरले मलाई ग्रस्‍त पारेको छ र म काम्‍दै छु, भयङ्कर डरले मलाई थिचेको छ। यदि मेरा परेवाका जस्‍ता पखेटा हुँदो हो ता, म उडी जानेथिएँ र विश्राम लिनेथिएँ। म टाढा उडी जानेथिएँ र मरुभूमिमा मेरो बासस्‍थान बनाउनेथिएँ। डरलाग्‍दो हुरी र आँधीबाट म चाँडै आश्रय खोज्‍नेथिएँ, हे प्रभु! मेरा शत्रुहरूका भाषा खलबल्‍याइदिनुहोस्। मैले सहरमा हिँसा र दङ्गा भएको देख्‍दछु, रात-दिन तिनीहरूले सहरका पर्खालमा चढेर त्‍यहाँ अपराध र उपद्रव गर्दछन्। चारैतिर विनाश भएको छ, सडकहरू छल र थिचो-मिचोले भरिएका छन्।

भजनसंग्रह 55 पढ्नुहोस्