YouVersion लोगो
खोज आइकन

भजनसंग्रह 55:1-11

भजनसंग्रह 55:1-11 NCV

हे परमेश्‍वर, मेरो प्रार्थना सुन्‍नुहोस्; मेरो बिन्तीलाई बेवास्ता नगर्नुहोस्! मलाई सुन्‍नुहोस्, र मलाई जवाफ दिनुहोस्। मेरो मन धेरै दुःखित छ, र म व्याकुल भएको छु, मेरा शत्रुहरूको आवाजको कारणले, दुष्‍टहरूका धम्कीले गर्दा। किनकि तिनीहरूले ममाथि कष्‍ट ल्याएका छन्, र तिनीहरूका क्रोधमा मलाई सताउने गर्दछन्। मेरो हृदय मभित्र धेरै पीडामा छ; मृत्युको त्रास ममा परेको छ। डर र कम्पनले मलाई डुबाएको छ; त्रासले मलाई व्याकुल बनाएको छ। मैले भनेँ, “ओह, ढुकुरको जस्तै मेरा पखेटा भए त! म उडेर टाढा जानेथिएँ, र विश्राम लिनेथिएँ। म उडेर धेरै टाढासम्म जानेथिएँ, र मरुभूमिमा बस्‍नेथिएँ। सेला डरलाग्दा आँधीबेहरी र हुरीबाट धेरै टाढा, मेरो शरणस्थानतिर आतुरीसाथ जानेथिएँ।” हे प्रभु, दुष्‍टहरूलाई खलबल्याइदिनुहोस्; तिनीहरूका योजनालाई निरुत्साहित पारिदिनुहोस्; किनकि मैले सहरमा हिंसा र झैझगडा देख्दछु। तिनीहरू सहरका पर्खालहरूमा चढेर शिकारको खोजमा दिनरात वरिपरि घुम्छन्; त्यस सहरभित्र दुष्‍टता र उपद्रव छन्। सहरभित्र विनाशकारी शक्तिहरू सक्रिय छन्; त्यसका गल्‍लीहरूलाई धम्की र झूटले कहिल्यै छोड्दैन।

भजनसंग्रह 55 पढ्नुहोस्