भजनसंग्रह 51:5-7
भजनसंग्रह 51:5-7 पवित्र बाइबल (NERV)
पापमा नै मेरी आमाले मलाई गर्भधारण गरिन् अनि म पापमा नै जन्मेको थिएँ। हे परमेश्वर, तपाईंले मलाई साँच्चो रूपमा विश्वासी भएको देख्न चाहनु हुन्छ, यसैले साँचो ज्ञान मेरो अन्तस्करणमा हाली दिनुहोस्। विधिपूर्वक हिसप झारले मस्काएर मलाई शुद्ध पार्नुहोस्। जबसम्म म हिऊँ जस्तो सेतो हुन्न तबसम्म मलाई धोइ पखाल्नुहोस्।
भजनसंग्रह 51:5-7 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
साँच्चै, म जन्मँदा नै पापी थिएँ, र मेरी आमाले मलाई गर्भधारण गरेदेखि नै म पापी थिएँ। निश्चय नै हृदयको सत्यता तपाईं चाहना गर्नुहुन्छ, अन्तस्करणमा तपाईं मलाई बुद्धिका कुरा सिकाउनुहुन्छ। हिसपले मलाई शुद्ध पार्नुहोस्, र म शुद्ध हुनेछु। मलाई धुनुहोस्, र म हिउँभन्दा सेतो हुनेछु।
भजनसंग्रह 51:5-7 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
निश्चय नै म जन्मँदै पापी थिएँ, मेरी आमाले मलाई गर्भधारण गरेदेखि नै म पापी थिएँ। तपाईंले गर्भमै विश्वासयोग्यता चाहना गर्नुहुन्छ; तपाईंले मलाई त्यो गोप्य ठाउँमा बुद्धिका कुरा सिकाउनुहुन्छ। हिसपले मलाई शुद्ध पार्नुहोस्, र म शुद्ध हुनेछु; मलाई धुनुहोस्, र म हिउँभन्दा सेतो हुनेछु।
भजनसंग्रह 51:5-7 पवित्र बाइबल (NERV)
पापमा नै मेरी आमाले मलाई गर्भधारण गरिन् अनि म पापमा नै जन्मेको थिएँ। हे परमेश्वर, तपाईंले मलाई साँच्चो रूपमा विश्वासी भएको देख्न चाहनु हुन्छ, यसैले साँचो ज्ञान मेरो अन्तस्करणमा हाली दिनुहोस्। विधिपूर्वक हिसप झारले मस्काएर मलाई शुद्ध पार्नुहोस्। जबसम्म म हिऊँ जस्तो सेतो हुन्न तबसम्म मलाई धोइ पखाल्नुहोस्।
भजनसंग्रह 51:5-7 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
गर्भमा मेरो रचना भएको दिनदेखि म दुष्ट रहेको छु, त्यही दिनदेखि म पापी भएको छु। तपाईंले सत्यता र इमानदार चाहनुहुन्छ, आफ्नो बुद्धिले मेरो मन भरिदिनुहोस्। मेरो पाप हटाइदिनुहोस् र म शुद्ध हुनेछु, मलाई धुनुहोस् र हिउँभन्दा सेतो हुनेछु।