YouVersion लोगो
खोज आइकन

भजनसंग्रह 48:1-8

भजनसंग्रह 48:1-8 पवित्र बाइबल (NERV)

परमप्रभु महान् हुनुहुन्छ। उहाँको पवित्र पर्वतमा, मानिसहरूले हाम्रो परमेश्वरको शहरमा अधिक प्रशंसा गर्दछन्। परमेश्वरको पवित्र शहर यस्तो आनन्दमय उचाइमा छ! यसले पृथ्वीभरिका मानिसहरूलाई आनन्द दिन्छ! सियोन पर्वत परमेश्वरको साँच्चो पर्वत हो, यो महान् राजाको शहर हो। त्यस शहरको राजमहलमा, परमेश्वरलाई किल्ला भनिन्छ। एक समय, केही राजाहरू आपस्तमा भेट गरे। तिनीहरूले यस शहरमाथि आक्रमण गर्ने योजना गरे। तिनीहरू सबैले यस शहरतर्फ कदम बढाए। तर त्यसपछि ती राजाहरू यो शहर देखेर छक्क परे। तिनीहरू सबै भयग्रस्त भए अनि लम्पट परे! डरले ती राजाहरूलाई कस्सेर समात्यो। ती राजाहरू डरले कामे। हे परमेश्वर तपाईंले शक्तिशाली पूर्वेली बतास चलाउनु भयो अनि तिनीहरूका ठूल-ठूला जहाजहरू सबै भताभुङ्ग पारिदिनु भयो। हो, हामीले तपाईंको महान् शक्तिका कथाहरू सुनेका छौं। तर यसलाई हामीले हाम्रो परमेश्वरको शहरमा पनि देख्यौं, सर्वशक्तिमान् परमेश्वरको शहरलाई उहाँले अनन्त सम्मको लागि बलियो बनाउनु भयो!

शेयर गर्नुहोस्
भजनसंग्रह 48 पढ्नुहोस्

भजनसंग्रह 48:1-8 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)

परमप्रभु महान् हुनुहुन्‍छ र हाम्रा परमेश्‍वरको सहरमा, उहाँका पवित्र डाँडामा उहाँको ठूलो प्रशंसा हुनुपर्छ। परमेश्‍वरको पर्वत सियोन अग्‍लो र सुन्‍दर छ, महान् राजाको यस सहरले सारा संसारमा आनन्‍द ल्‍याउँदछ। परमेश्‍वरले देखाउनुभएको छ कि सहरका किल्‍लाहरूभित्र उहाँसित सुरक्षा छ। राजाहरू भेला भएर सियोन पर्वतलाई आक्रमण गर्न आए। तर त्‍यसलाई देखेर तिनीहरू छक्‍क परे, तिनीहरू डराएर भागे। त्‍यहीँ नै तिनीहरूलाई डर र कम्‍पले बच्‍चा जन्‍माउन आँटेकी स्‍त्रीलाई झैँ वेदना भयो। प्रचण्‍ड आँधी-बेहरीले भत्‍काएका जहाजहरूझैँ तिनीहरूलाई तपाईंले नाश पार्नुभयो। परमेश्‍वरले के गर्नुभएको छ, त्‍यो हामीले सुनेका छौं, सर्वशक्तिमान्‌ परमप्रभु हाम्रा परमेश्‍वरको सहरमा अहिले हामीले त्‍यो देखेका छौं। त्‍यस सहरलाई सदाकालको निम्‍ति उहाँले सकुशल राख्‍नुहुनेछ।

शेयर गर्नुहोस्
भजनसंग्रह 48 पढ्नुहोस्

भजनसंग्रह 48:1-8 नेपाली नयाँ संशोधित संस्करण (NNRV)

परमप्रभु महान्‌ र प्रशंसाको अति योग्‍य हुनुहुन्‍छ, हाम्रा परमेश्‍वरको नगरमा, उहाँको पवित्र पर्वतमा। उहाँको पवित्र पर्वत आफ्‍नो उचाइमा मनोहर छ, सारा पृथ्‍वीको लागि त्‍यो हर्ष बनेको छ। सापोनको परम उचाइझैँ सियोन पर्वत छ, महान्‌ राजाको नगर। परमेश्‍वर त्‍यसका किल्‍लाहरूमा हुनुहुन्‍छ, अनि उहाँ त्‍यसको सुरक्षा हुनुहुन्‍छ भनी उहाँले देखाउनुभएको छ। जब राजाहरू भेला भए र दल बाँधी सँगै अगि बढ़े, तब तिनीहरूले त्‍यसलाई देखे र चकित भए, तिनीहरू आतङ्कित भए अनि भागे। त्‍यहीँ नै तिनीहरू थरथरी काँप्‍न लागे, प्रसवपीडामा परेकी स्‍त्रीजस्‍तै तिनीहरू भए। तपाईंले तिनीहरूलाई तर्शीशका जहाजहरूलाई झैँ पूर्वी बतासले नष्‍ट गर्नुहुन्‍छ। सर्वशक्तिमान्‌ परमप्रभुको नगरमा, हाम्रा परमेश्‍वरको सहरमा, हामीले जस्‍तो सुनेका छौं, त्‍यस्‍तै देखेका छौं, परमेश्‍वरले त्‍यसलाई सदाको निम्‍ति सुरक्षित राख्‍नुहुन्‍छ। सेला

भजनसंग्रह 48:1-8 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)

हाम्रा परमेश्‍वरको सहरमा, उहाँको पवित्र पर्वतमा, याहवेह महान् र प्रशंसाको योग्य हुनुहुन्छ। उचाइमा सुन्दर, सारा पृथ्वीको आनन्द सियोन पर्वत हो, जो सापोनको उचाइझैँ छ, जो हाम्रा महाराजाको सहर हो। तिनका किल्‍लाहरूमा परमेश्‍वर हुनुहुन्छ; तिनका रक्षक परमेश्‍वर आफैँ हुनुहुन्छ भनी उहाँले देखाउनुभएको छ। जब राजाहरूले एकसाथ दल बाँधे; जब तिनीहरूसँगै अगि बढे, तिनीहरूले तिनलाई देखे; र तिनीहरू छक्‍क परे; तिनीहरू डराएर भागे। तिनीहरू त्यहीँ नै डरले थरथर काँप्न लागे, प्रसवपीडामा भएकी स्त्रीजस्तै तिनीहरू पीडामा परे। तर्शीशको जहाजहरूलाई झैँ तपाईंले तिनीहरूलाई पूर्वीय बतासले नष्‍ट पार्नुभयो। सेनाहरूका याहवेहको सहरमा, हाम्रा परमेश्‍वरको नगरमा, जस्तो हामीले सुनेका थियौँ, त्यस्तै देखेका छौँः परमेश्‍वरले तिनलाई सदासर्वदा सुरक्षित राख्नुहुन्छ। सेला