YouVersion लोगो
खोज आइकन

भजनसंग्रह 48:1-8

भजनसंग्रह 48:1-8 NCV

हाम्रा परमेश्‍वरको सहरमा, उहाँको पवित्र पर्वतमा, याहवेह महान् र प्रशंसाको योग्य हुनुहुन्छ। उचाइमा सुन्दर, सारा पृथ्वीको आनन्द सियोन पर्वत हो, जो सापोनको उचाइझैँ छ, जो हाम्रा महाराजाको सहर हो। तिनका किल्‍लाहरूमा परमेश्‍वर हुनुहुन्छ; तिनका रक्षक परमेश्‍वर आफैँ हुनुहुन्छ भनी उहाँले देखाउनुभएको छ। जब राजाहरूले एकसाथ दल बाँधे; जब तिनीहरूसँगै अगि बढे, तिनीहरूले तिनलाई देखे; र तिनीहरू छक्‍क परे; तिनीहरू डराएर भागे। तिनीहरू त्यहीँ नै डरले थरथर काँप्न लागे, प्रसवपीडामा भएकी स्त्रीजस्तै तिनीहरू पीडामा परे। तर्शीशको जहाजहरूलाई झैँ तपाईंले तिनीहरूलाई पूर्वीय बतासले नष्‍ट पार्नुभयो। सेनाहरूका याहवेहको सहरमा, हाम्रा परमेश्‍वरको नगरमा, जस्तो हामीले सुनेका थियौँ, त्यस्तै देखेका छौँः परमेश्‍वरले तिनलाई सदासर्वदा सुरक्षित राख्नुहुन्छ। सेला

भजनसंग्रह 48 पढ्नुहोस्