परमप्रभु महान् हुनुहुन्छ र हाम्रा परमेश्वरको सहरमा, उहाँका पवित्र डाँडामा उहाँको ठूलो प्रशंसा हुनुपर्छ। परमेश्वरको पर्वत सियोन अग्लो र सुन्दर छ, महान् राजाको यस सहरले सारा संसारमा आनन्द ल्याउँदछ। परमेश्वरले देखाउनुभएको छ कि सहरका किल्लाहरूभित्र उहाँसित सुरक्षा छ। राजाहरू भेला भएर सियोन पर्वतलाई आक्रमण गर्न आए। तर त्यसलाई देखेर तिनीहरू छक्क परे, तिनीहरू डराएर भागे। त्यहीँ नै तिनीहरूलाई डर र कम्पले बच्चा जन्माउन आँटेकी स्त्रीलाई झैँ वेदना भयो। प्रचण्ड आँधी-बेहरीले भत्काएका जहाजहरूझैँ तिनीहरूलाई तपाईंले नाश पार्नुभयो। परमेश्वरले के गर्नुभएको छ, त्यो हामीले सुनेका छौं, सर्वशक्तिमान् परमप्रभु हाम्रा परमेश्वरको सहरमा अहिले हामीले त्यो देखेका छौं। त्यस सहरलाई सदाकालको निम्ति उहाँले सकुशल राख्नुहुनेछ।
भजनसंग्रह 48 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: भजनसंग्रह 48:1-8
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू