YouVersion लोगो
खोज आइकन

भजनसंग्रह 48

48
परमेश्‍वरको सहर सियोन
1परमप्रभु महान् हुनुहुन्‍छ
र हाम्रा परमेश्‍वरको सहरमा,
उहाँका पवित्र डाँडामा उहाँको ठूलो प्रशंसा हुनुपर्छ।
2 # मत्ती 5:35 परमेश्‍वरको पर्वत सियोन अग्‍लो र सुन्‍दर छ,
महान् राजाको यस सहरले
सारा संसारमा आनन्‍द ल्‍याउँदछ।
3परमेश्‍वरले देखाउनुभएको छ कि
सहरका किल्‍लाहरूभित्र उहाँसित सुरक्षा छ।
4राजाहरू भेला भएर सियोन पर्वतलाई आक्रमण गर्न आए।
5तर त्‍यसलाई देखेर तिनीहरू छक्‍क परे,
तिनीहरू डराएर भागे।
6त्‍यहीँ नै तिनीहरूलाई डर र कम्‍पले
बच्‍चा जन्‍माउन आँटेकी स्‍त्रीलाई झैँ वेदना भयो।
7प्रचण्‍ड आँधी-बेहरीले भत्‍काएका जहाजहरूझैँ
तिनीहरूलाई तपाईंले नाश पार्नुभयो।
8परमेश्‍वरले के गर्नुभएको छ, त्‍यो हामीले सुनेका छौं,
सर्वशक्तिमान्‌ परमप्रभु हाम्रा परमेश्‍वरको सहरमा
अहिले हामीले त्‍यो देखेका छौं।
त्‍यस सहरलाई सदाकालको निम्‍ति उहाँले सकुशल राख्‍नुहुनेछ।
9हे परमेश्‍वर! तपाईंको मन्‍दिरमा
हामी तपाईंको अटुट प्रेमबारे सोच्‍दछौं।
10मानिसहरूले सबै ठाउँमा तपाईंको प्रशंसा गर्दछन्,
पृथ्‍वीभरि उहाँको नाम फैलिएको छ,
तपाईंले न्‍यायसाथ राज्‍य गर्नुहुन्‍छ।
11सियोनका बासिन्‍दाहरू आनन्‍द गरून्।
तपाईंले ठीक न्‍याय गर्नुहुन्‍छ,
यहूदाका सहरहरूमा आनन्‍द होस्!
12हे परमेश्‍वरका प्रजा हो! सियोनको चारैपट्टि फेरो लगाओ र धरहराहरू गन।
13पर्खालहरू ध्‍यान दिएर हेर र गढीहरूको जाँच गर,
ताकि तिमीले आउँदा पुस्‍तालाई यसो भन्‍न सकौला:
14“परमेश्‍वर सदासर्वदाको लागि हाम्रा परमेश्‍वर हुनुहुन्‍छ,
आउँदा दिनमा हरघडी उहाँले हामीलाई डोर्‍याउनुहुनेछ।”

अहिले सेलेक्ट गरिएको:

भजनसंग्रह 48: सरल नेपाली

हाइलाइट

शेयर गर्नुहोस्

कपी गर्नुहोस्

None

तपाईंका हाइलाइटहरू तपाईंका सबै यन्त्रहरूमा सुरक्षित गर्न चाहनुहुन्छ? साइन अप वा साइन इन गर्नुहोस्