YouVersion लोगो
खोज आइकन

भजनसंग्रह 48:1-8

भजनसंग्रह 48:1-8 NNRV

परमप्रभु महान्‌ र प्रशंसाको अति योग्‍य हुनुहुन्‍छ, हाम्रा परमेश्‍वरको नगरमा, उहाँको पवित्र पर्वतमा। उहाँको पवित्र पर्वत आफ्‍नो उचाइमा मनोहर छ, सारा पृथ्‍वीको लागि त्‍यो हर्ष बनेको छ। सापोनको परम उचाइझैँ सियोन पर्वत छ, महान्‌ राजाको नगर। परमेश्‍वर त्‍यसका किल्‍लाहरूमा हुनुहुन्‍छ, अनि उहाँ त्‍यसको सुरक्षा हुनुहुन्‍छ भनी उहाँले देखाउनुभएको छ। जब राजाहरू भेला भए र दल बाँधी सँगै अगि बढ़े, तब तिनीहरूले त्‍यसलाई देखे र चकित भए, तिनीहरू आतङ्कित भए अनि भागे। त्‍यहीँ नै तिनीहरू थरथरी काँप्‍न लागे, प्रसवपीडामा परेकी स्‍त्रीजस्‍तै तिनीहरू भए। तपाईंले तिनीहरूलाई तर्शीशका जहाजहरूलाई झैँ पूर्वी बतासले नष्‍ट गर्नुहुन्‍छ। सर्वशक्तिमान्‌ परमप्रभुको नगरमा, हाम्रा परमेश्‍वरको सहरमा, हामीले जस्‍तो सुनेका छौं, त्‍यस्‍तै देखेका छौं, परमेश्‍वरले त्‍यसलाई सदाको निम्‍ति सुरक्षित राख्‍नुहुन्‍छ। सेला