भजनसंग्रह 24:3-5
भजनसंग्रह 24:3-5 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
परमप्रभुको डाँड़ामा को उक्लन सक्ला? र उहाँको पवित्रस्थानमा को खड़ा हुन सक्छ? त्यही नै, जसको हात निर्दोष छ, र जसको हृदय निर्मल छ, जसले आफ्नो मनलाई मूर्तितिर लगाएको छैन, र जसले झूटो कुरामाथि शपथ खाँदैन। त्यसले नै परमप्रभुबाट आशीर्वाद पाउनेछ, र त्यसको उद्धारकर्ता परमेश्वरले त्यसलाई निर्दोष ठहराउनुहुनेछ।
भजनसंग्रह 24:3-5 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
याहवेहको डाँडामा को उक्लिन सक्ला? उहाँको पवित्रस्थानमा को उभिन सक्ला? त्यही नै, जसको हात निर्दोष छ, र जसको हृदय शुद्ध छ; जसले मूर्तिमाथि भरोसा राख्दैन, अथवा जसले झूटो ईश्वरको नाममा शपथ खाँदैन। तिनीहरूले याहवेहबाट आशिष् पाउनेछन्, र मुक्तिदाता परमेश्वरले तिनीहरूलाई धर्मी ठहराउनुहुनेछ।
भजनसंग्रह 24:3-5 पवित्र बाइबल (NERV)
परमप्रभुको पर्वतमाथि को जान सक्छ? उठेर परमप्रभुको पवित्र मन्दिरमा उपासना गर्न को सक्छ? मानिसहरू जसले पाप कर्महरू गरेका छैनन् मानिसहरू जसका शुद्ध हृदयहरू छन्। मानिसहरू जसले सत्य भनेर झूट बोल्नलाई मेरो नाउँ प्रयोग गरेका छैनन्। अनि जसले झूटो बोलेनन् र झूटा कसमहरू खाएका छैनन्, तिनीहरूले मात्र त्यहाँ उपासना गर्न सक्छन्। असल मानिसहरूले मात्र अन्य मानिसहरूलाई पनि आशीर्वाद दिइयोस् भनी परमप्रभुलाई प्रार्थना गर्छन्। ती असल मानिसहरूले आफ्ना परमेश्वर, आफ्ना उद्धारकलाई असल कुराहरू गरिदिनु होस् भनी याचना गर्छन्।
भजनसंग्रह 24:3-5 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
परमप्रभुको डाँडामा उक्लने अधिकार कसको छ? उहाँको पवित्र मन्दिरमा को पस्न पाउँछ? तिनीहरू, जसका काम र विचार शुद्ध छन्, जसले मूर्तिपूजा वा झूटा प्रतिज्ञा गर्दैनन्। परमप्रभुले तिनीहरूलाई आशिष् दिनुहुनेछ र बचाउनुहुनेछ; परमेश्वरले तिनीहरूलाई निर्दोष ठहराउनुहुनेछ।