YouVersion लोगो
खोज आइकन

भजनसंग्रह 24

24
महान् राजा
1 # १ कोरिन्थी 10:26 संसार र त्‍यसमा भएका सबै थोक परमप्रभुका हुन्।
पृथ्‍वी र त्‍यहाँका सबै बासिन्‍दाहरू उहाँकै हुन्।
2उहाँले संसारलाई पृथ्‍वीमुनिका गहिरा पानीमाथि बनाउनुभयो
र महासागरका गहिरो तालमा त्‍यसको जग बसाल्‍नुभयो।
3परमप्रभुको डाँडामा उक्‍लने अधिकार कसको छ?
उहाँको पवित्र मन्‍दिरमा को पस्‍न पाउँछ?
4 # मत्ती 5:8 तिनीहरू, जसका काम र विचार शुद्ध छन्,
जसले मूर्तिपूजा वा झूटा प्रतिज्ञा गर्दैनन्।
5परमप्रभुले तिनीहरूलाई आशिष् दिनुहुनेछ र बचाउनुहुनेछ;
परमेश्‍वरले तिनीहरूलाई निर्दोष ठहराउनुहुनेछ।
6परमेश्‍वरकहाँ, याकूबका परमेश्‍वरको उपस्‍थितिमा
आउने मानिसहरू त्‍यस्‍ता हुन्‍छन्।
7मूल-ढोकाहरू उघार, पुराना ढोकाहरू खोल
र महान् राजा प्रवेश गर्नुहुन्‍छ।
8यी महान् राजा को हुनुहुन्‍छ?
उहाँ बलिया र पराक्रमी परमप्रभु,
लडाइँमा विजयी परमप्रभु नै हुनुहुन्‍छ।
9मूल-ढोकाहरू उघार,
पुराना ढोकाहरू खोल
र महान् राजा प्रवेश गर्नुहुन्‍छ।
10यी महान् राजा को हुनुहुन्‍छ?
विजयी परमप्रभु नै यी महान् राजा हुनुहुन्‍छ!

अहिले सेलेक्ट गरिएको:

भजनसंग्रह 24: सरल नेपाली

हाइलाइट

शेयर गर्नुहोस्

कपी गर्नुहोस्

None

तपाईंका हाइलाइटहरू तपाईंका सबै यन्त्रहरूमा सुरक्षित गर्न चाहनुहुन्छ? साइन अप वा साइन इन गर्नुहोस्