भजनसंग्रह 24
24
भजन 24
दावीदको भजन।
1पृथ्वी र यसमा भएका सबै थोक,
यो संसार र यसमा बास गर्ने सबै प्राणीहरू याहवेहकै हुन्;
2किनकि उहाँले पृथ्वीलाई समुद्रमाथि बसाल्नुभयो,
र पानीमाथि स्थापित गर्नुभयो।
3याहवेहको डाँडामा को उक्लिन सक्ला?
उहाँको पवित्रस्थानमा को उभिन सक्ला?
4त्यही नै, जसको हात निर्दोष छ, र जसको हृदय शुद्ध छ;
जसले मूर्तिमाथि भरोसा राख्दैन,
अथवा जसले झूटो ईश्वरको नाममा शपथ खाँदैन।
5तिनीहरूले याहवेहबाट आशिष् पाउनेछन्,
र मुक्तिदाता परमेश्वरले तिनीहरूलाई धर्मी ठहराउनुहुनेछ।
6उहाँलाई खोज्ने पुस्ताका मानिसहरू यस्तै हुन्छन्,
जसले तपाईंको दर्शन खोज्दछन्, हे याकोबका परमेश्वर। सेला
7हे मूलढोकाहरू हो, आफ्ना शिर उच्च पार;
हे सनातनका द्वारहरू हो, आफ्ना शिर उठाओ,
ताकि महिमाका महाराजा प्रवेश गरून्।
8यी महिमाका राजा को हुनुहुन्छ?
याहवेह, जो बलियो र शक्तिशाली हुनुहुन्छ,
याहवेह, जो लडाइँमा पराक्रमी हुनुहुन्छ।
9हे मूलढोकाहरू हो, आफ्ना शिर उच्च पार;
हे सनातनका ढोकाहरू हो, आफ्ना शिर उठाओ;
ताकि महिमाका महाराजा प्रवेश गरून्।
10महिमाका यी राजाचाहिँ को हुनुहुन्छ?
सेनाहरूका याहवेह—
उहाँ नै महिमाका महाराजा हुनुहुन्छ। सेला
अहिले सेलेक्ट गरिएको:
भजनसंग्रह 24: NCV
हाइलाइट
शेयर गर्नुहोस्
कपी गर्नुहोस्
तपाईंका हाइलाइटहरू तपाईंका सबै यन्त्रहरूमा सुरक्षित गर्न चाहनुहुन्छ? साइन अप वा साइन इन गर्नुहोस्
पवित्र बाइबल, नेपाली समकालीन संस्करण
प्रतिलिपि अधिकार © 1998, 2006, 2021, 2024 Biblica, Inc.
अनुमतिसहित प्रयोग गरिएको छ।
सम्पूर्ण अधिकार विश्वव्यापी रूपमा सुरक्षित रहनेछ।
Holy Bible, Nepali Contemporary Version
Copyright © 1998, 2006, 2021, 2024 by Biblica, Inc.
Used with permission. All rights reserved worldwide.