भजनसंग्रह 129:1-8
भजनसंग्रह 129:1-8 पवित्र बाइबल (NERV)
मेरो जीवनकालमा प्रशस्त शत्रुहरू छँदै थिए। इस्राएल ती शत्रुहरूको बारेमा हामीलाई बताऊ। मेरो जीवनकालमा प्रशस्त शत्रुहरू छँदै थिए तर तिनीहरूले कहिल्यै जितेनन्। तिनीहरूले मेरो ढाडमा गहिरो चोट नपारून्जेलल सम्म मलाई कुटे। धेरै समय सम्म मेरो गहिरो घाउ थियो। तर परमप्रभुले डोरीहरू काटीदिनु भयो। अनि ती दुष्टहरूबाट मलाई छुटकारा दिनुभयो। मानिसहरू जसले सियोनलाई घृणा गर्छन्, तिनीहरू परास्त होऊन्। तिनीहरू लडाइँ गर्न छाडेर भागुन्। ती मानिसहरू छानामा भएको घाँसहरू जस्ता थिए। ती घाँसहरू बढ्ने अगावै ओइलएर मरे। घाँस काट्ने मानिसले एकमुट्ठी घाँस त्यहाँबाट पाउन सक्तैन। एक थुप्रो अन्नको निम्ति पनि प्रशस्त हुँदैन। तिनीहरूको नजिकैबाट गइरहेको मानिसहरूले यसो भन्ने छैनन्, “परमप्रभुको आशीर्वाद तिमीहरूमा रहोस्।” मानिसहरूले तिनीहरूलाई भन्ने छैनन्, “हामी तिमीहरूलाई परमप्रभुको नाउँमा आशीर्वाद दिनेछौं।”
भजनसंग्रह 129:1-8 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
तिनीहरूले मेरो जवानीदेखि नै मलाई असाध्यै कष्ट दिएका छन्: इस्राएलले भनोस्: तिनीहरूले मेरो जवानीदेखि मलाई असाध्य कष्ट दिएका छन्, तापनि तिनीहरू ममाथि विजयी भएका छैनन्। हलीहरूले मेरो पिठिउँमा हलो जोते, र पिठिउँभरि लामा हलरेखाले कोरे। तर परमप्रभु धर्ममय हुनुहुन्छ, र उहाँले दुष्टहरूका बन्धन छिनालिदिनुभएको छ। सियोनलाई घृणा गर्नेहरू, सबै शर्ममा परून्, र हटेर जाऊन्। तिनीहरू घरका धुरीमा भएको घाँसजस्तै होऊन्, जो बढ्न अघि नै ओइलाइहाल्छ, र जसबाट घाँस काट्नेले एक मुट्ठी काट्न सक्दैन, र बिटा बाँध्नेले एक अँगालो पनि भर्न सक्दैन। त्यताबाट भएर जानेहरूले कदाचित् नभनून्, “परमप्रभुको आशीर्वाद तिमीमाथि रहोस्! परमप्रभुको नाउँमा हामी तिमीलाई आशीर्वाद दिन्छौं।”

भजनसंग्रह 129:1-8 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
“मेरो युवावस्थादेखि तिनीहरूले मलाई धेरै सताएका छन्,” इस्राएलले यसो भनोस्; “तिनीहरूले मेरो युवावस्थादेखि मलाई धेरै सताएका छन्; तर तिनीहरूले मलाई जित्न सकेका छैनन्। हलो जोत्नेहरूले मेरो पिठिउँमा जोतेका छन्; र पिठिउँभरि लामा फालिहरूले कोरेका छन्। तर याहवेह धार्मिक हुनुहुन्छ; उहाँले दुष्टहरूका बन्धन तोडेर मलाई मुक्त गर्नुभएको छ।” सियोनलाई घृणा गर्नेहरू सबै लज्जित भएर फर्किऊन्! तिनीहरू छानामाथिका घाँसजस्ता होऊन्, जो बढ्न नपाउँदै ओइलाइहाल्छन्; त्यसबाट काट्नेले आफ्नो एक मुट्ठी पनि भर्न सक्दैन, न बिटा बटुल्नेले एक अँगालो नै भर्न सक्दछ। त्यहाँबाट भएर जानेहरूले तिनीहरूका निम्ति यस्तो कामना नगरून्, “याहवेहको आशिष् तिमीहरूमाथि रहोस्; याहवेहका नाममा हामी तिमीहरूलाई आशिष् दिन्छौँ।”
भजनसंग्रह 129:1-8 पवित्र बाइबल (NERV)
मेरो जीवनकालमा प्रशस्त शत्रुहरू छँदै थिए। इस्राएल ती शत्रुहरूको बारेमा हामीलाई बताऊ। मेरो जीवनकालमा प्रशस्त शत्रुहरू छँदै थिए तर तिनीहरूले कहिल्यै जितेनन्। तिनीहरूले मेरो ढाडमा गहिरो चोट नपारून्जेलल सम्म मलाई कुटे। धेरै समय सम्म मेरो गहिरो घाउ थियो। तर परमप्रभुले डोरीहरू काटीदिनु भयो। अनि ती दुष्टहरूबाट मलाई छुटकारा दिनुभयो। मानिसहरू जसले सियोनलाई घृणा गर्छन्, तिनीहरू परास्त होऊन्। तिनीहरू लडाइँ गर्न छाडेर भागुन्। ती मानिसहरू छानामा भएको घाँसहरू जस्ता थिए। ती घाँसहरू बढ्ने अगावै ओइलएर मरे। घाँस काट्ने मानिसले एकमुट्ठी घाँस त्यहाँबाट पाउन सक्तैन। एक थुप्रो अन्नको निम्ति पनि प्रशस्त हुँदैन। तिनीहरूको नजिकैबाट गइरहेको मानिसहरूले यसो भन्ने छैनन्, “परमप्रभुको आशीर्वाद तिमीहरूमा रहोस्।” मानिसहरूले तिनीहरूलाई भन्ने छैनन्, “हामी तिमीहरूलाई परमप्रभुको नाउँमा आशीर्वाद दिनेछौं।”
भजनसंग्रह 129:1-8 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
हे इस्राएल, तिमी युवा छँदादेखि अहिलेसम्म तिम्रा शत्रुहरूले कसरी तिमीलाई सताए, सो बयान गर। “म युवा छँदैदेखि मलाई मेरा शत्रुहरूले निठुर भएर सताए, तर तिनीहरूले कहिल्यै मलाई जित्न सकेनन्। तिनीहरूले मेरा ढाडमा गहिरा चोटहरू पारे र त्यसलाई जोतेको खेतबारीजस्तो बनाए। तर परमप्रभु धर्मी हुनुहुन्छ र उहाँले मलाई दासत्वबाट मुक्त गर्नुभएको छ।” सियोनलाई घृणा गर्ने सबै जना हारेर भागून्! तिनीहरू घरका धुरीमा भएको घाँसजस्तै होऊन्, जो बढ्नुअघि नै ओइलाइहाल्छ। कसैले त्यसलाई बटुलेर वा मुठा बाँधी लैजान सक्दैन। त्यहाँबाट हिँड्ने कसैले तिनीहरूलाई यसो भन्नेछैनन्: “परमप्रभुले तिमीलाई आशिष् देऊन्! परमप्रभुको नाममा हामी तिमीलाई आशिष् दिँदछौं।”