YouVersion लोगो
खोज आइकन

भजनसंग्रह 129:1-8

भजनसंग्रह 129:1-8 NNRV

तिनीहरूले मेरो जवानीदेखि नै मलाई असाध्‍यै कष्‍ट दिएका छन्‌: इस्राएलले भनोस्‌: तिनीहरूले मेरो जवानीदेखि मलाई असाध्‍य कष्‍ट दिएका छन्‌, तापनि तिनीहरू ममाथि विजयी भएका छैनन्‌। हलीहरूले मेरो पिठिउँमा हलो जोते, र पिठिउँभरि लामा हलरेखाले कोरे। तर परमप्रभु धर्ममय हुनुहुन्‍छ, र उहाँले दुष्‍टहरूका बन्‍धन छिनालिदिनुभएको छ। सियोनलाई घृणा गर्नेहरू, सबै शर्ममा परून्‌, र हटेर जाऊन्‌। तिनीहरू घरका धुरीमा भएको घाँसजस्‍तै होऊन्‌, जो बढ्‌न अघि नै ओइलाइहाल्‍छ, र जसबाट घाँस काट्‌नेले एक मुट्ठी काट्‌न सक्‍दैन, र बिटा बाँध्‍नेले एक अँगालो पनि भर्न सक्‍दैन। त्‍यताबाट भएर जानेहरूले कदाचित्‌ नभनून्‌, “परमप्रभुको आशीर्वाद तिमीमाथि रहोस्‌! परमप्रभुको नाउँमा हामी तिमीलाई आशीर्वाद दिन्‍छौं।”