भजनसंग्रह 129
129
शत्रुहरूमाथि विजयको प्रार्थना
यात्राको गीत
1तिनीहरूले मेरो जवानीदेखि नै मलाई असाध्यै कष्ट दिएका छन्: इस्राएलले भनोस्:
2तिनीहरूले मेरो जवानीदेखि मलाई असाध्य कष्ट दिएका छन्, तापनि तिनीहरू ममाथि विजयी भएका छैनन्।
3हलीहरूले मेरो पिठिउँमा हलो जोते,
र पिठिउँभरि लामा हलरेखाले कोरे।
4तर परमप्रभु धर्ममय हुनुहुन्छ,
र उहाँले दुष्टहरूका बन्धन छिनालिदिनुभएको छ।
5सियोनलाई घृणा गर्नेहरू, सबै शर्ममा परून्,
र हटेर जाऊन्।
6तिनीहरू घरका धुरीमा भएको घाँसजस्तै होऊन्, जो बढ्न अघि नै ओइलाइहाल्छ,
7र जसबाट घाँस काट्नेले एक मुट्ठी काट्न सक्दैन,
र बिटा बाँध्नेले एक अँगालो पनि भर्न सक्दैन।
8त्यताबाट भएर जानेहरूले कदाचित् नभनून्, “परमप्रभुको आशीर्वाद तिमीमाथि रहोस्! परमप्रभुको नाउँमा हामी तिमीलाई आशीर्वाद दिन्छौं।”
अहिले सेलेक्ट गरिएको:
भजनसंग्रह 129: NNRV
हाइलाइट
शेयर गर्नुहोस्
कपी गर्नुहोस्
तपाईंका हाइलाइटहरू तपाईंका सबै यन्त्रहरूमा सुरक्षित गर्न चाहनुहुन्छ? साइन अप वा साइन इन गर्नुहोस्
Nepali New Revised Version © Nepal Bible Society 1997, 2006, 2009, 2012