तिनीहरूले मेरो जवानीदेखि नै मलाई असाध्यै कष्ट दिएका छन्: इस्राएलले भनोस्: तिनीहरूले मेरो जवानीदेखि मलाई असाध्य कष्ट दिएका छन्, तापनि तिनीहरू ममाथि विजयी भएका छैनन्। हलीहरूले मेरो पिठिउँमा हलो जोते, र पिठिउँभरि लामा हलरेखाले कोरे। तर परमप्रभु धर्ममय हुनुहुन्छ, र उहाँले दुष्टहरूका बन्धन छिनालिदिनुभएको छ। सियोनलाई घृणा गर्नेहरू, सबै शर्ममा परून्, र हटेर जाऊन्। तिनीहरू घरका धुरीमा भएको घाँसजस्तै होऊन्, जो बढ्न अघि नै ओइलाइहाल्छ, र जसबाट घाँस काट्नेले एक मुट्ठी काट्न सक्दैन, र बिटा बाँध्नेले एक अँगालो पनि भर्न सक्दैन। त्यताबाट भएर जानेहरूले कदाचित् नभनून्, “परमप्रभुको आशीर्वाद तिमीमाथि रहोस्! परमप्रभुको नाउँमा हामी तिमीलाई आशीर्वाद दिन्छौं।”
भजनसंग्रह 129 पढ्नुहोस्
सुन्नुहोस् भजनसंग्रह 129
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: भजनसंग्रह 129:1-8
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू