भजनसंग्रह 129
129
भजन 129
आरोहणको गीत।
1“मेरो युवावस्थादेखि तिनीहरूले मलाई धेरै सताएका छन्,”
इस्राएलले यसो भनोस्;
2“तिनीहरूले मेरो युवावस्थादेखि मलाई धेरै सताएका छन्;
तर तिनीहरूले मलाई जित्न सकेका छैनन्।
3हलो जोत्नेहरूले मेरो पिठिउँमा जोतेका छन्;
र पिठिउँभरि लामा फालिहरूले कोरेका छन्।
4तर याहवेह धार्मिक हुनुहुन्छ;
उहाँले दुष्टहरूका बन्धन तोडेर मलाई मुक्त गर्नुभएको छ।”
5सियोनलाई घृणा गर्नेहरू सबै
लज्जित भएर फर्किऊन्!
6तिनीहरू छानामाथिका घाँसजस्ता होऊन्,
जो बढ्न नपाउँदै ओइलाइहाल्छन्;
7त्यसबाट काट्नेले आफ्नो एक मुट्ठी पनि भर्न सक्दैन,
न बिटा बटुल्नेले एक अँगालो नै भर्न सक्दछ।
8त्यहाँबाट भएर जानेहरूले तिनीहरूका निम्ति यस्तो कामना नगरून्,
“याहवेहको आशिष् तिमीहरूमाथि रहोस्;
याहवेहका नाममा हामी तिमीहरूलाई आशिष् दिन्छौँ।”
अहिले सेलेक्ट गरिएको:
भजनसंग्रह 129: NCV
हाइलाइट
शेयर गर्नुहोस्
कपी गर्नुहोस्
तपाईंका हाइलाइटहरू तपाईंका सबै यन्त्रहरूमा सुरक्षित गर्न चाहनुहुन्छ? साइन अप वा साइन इन गर्नुहोस्
पवित्र बाइबल, नेपाली समकालीन संस्करण
प्रतिलिपि अधिकार © 1998, 2006, 2021, 2024 Biblica, Inc.
अनुमतिसहित प्रयोग गरिएको छ।
सम्पूर्ण अधिकार विश्वव्यापी रूपमा सुरक्षित रहनेछ।
Holy Bible, Nepali Contemporary Version
Copyright © 1998, 2006, 2021, 2024 by Biblica, Inc.
Used with permission. All rights reserved worldwide.