YouVersion लोगो
खोज आइकन

हितोपदेश 16:18-24

हितोपदेश 16:18-24 नेपाली नयाँ संशोधित संस्करण (NNRV)

सर्वनाशको अघि अभिमान र पतनको अघि घमण्‍डी आत्‍मा आउँछ। आत्‍मामा नम्र भएर थिचोमिचोमा परेकाहरूका माझमा रहनु अहङ्कारीहरूसित लूटको माल बाँड्‌नुभन्‍दा उत्तम हो। उपदेशलाई ध्‍यान दिने मानिस फल्‍दो-फुल्‍दो हुन्‍छ, र परमप्रभुमा भरोसा राख्‍ने मानिसले आशिष्‌ पाउनेछ। हृदयमा बुद्धिमान्‌ हुनेहरूलाई विवेकशील भनिन्‍छ, र मीठा वचनहरूले शिक्षा बढ़ाउँछन्‌। समझदारी हुनेको निम्‍ति त्‍यो जीवनको मूल हो, तर मूर्खले मूर्खताकै कारण दण्‍ड ल्‍याउँछ। बुद्धिमान्‌को हृदयले आफ्‍नो मुख सम्‍हाल्‍छ, र त्‍यसका ओठले शिक्षा बढ़ाउँछन्‌। मीठा वचनहरू महका चाकाहरूजस्‍तै हुन्, जसले प्राणलाई मिठास दिन्‍छ, र हड्डीहरू निको पार्छ।

शेयर गर्नुहोस्
हितोपदेश 16 पढ्नुहोस्

हितोपदेश 16:18-24 पवित्र बाइबल (NERV)

सर्वनाश भन्दा अघि अहंकार आँउछ, अनि घमण्ड अपमानको अघि आउँछ। अहङ्कारी मानिससित लूटको धन बाँड्नु भन्दा नम्र भएर गरीब मानिससित नम्र झैं बस्नु असल हो। मानिसहरूले उपदेश दिँदा जसले सुन्छ, त्यो मानिसलाई लाभ हुन्छ, अनि जसले परमप्रभु माथि भरोसा गर्छ त्यो धन्य हुन्छ। ज्ञानी हृदय भएको मानिसलाई विवेकशील मानिस भनिन्छ, अनि कर्णमधु शब्दले ज्ञान बढाउँछ। तीब्र-बुद्धि भएको मानिसलाई बुद्धि जीवनको मूल हुन्छ, तर मूर्खहरूलाई तिनीहरूको मूर्खताले नै दण्ड भोगाउँछ। बुद्धिमानको हृदयले आफ्नो बोलीमा नियन्त्रण ल्याउँछ, र उसको ओंठले शिक्षा बढाउँछन्। आनन्द दायक बोली मह झैं हुन्छ, यसले आत्मामा आनन्द दिन्छ यसले शरीरमा चंगाई ल्याउँछ।

हितोपदेश 16:18-24 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)

विनाशको अगि अहङ्कार आउँछ, र पतनको अगि घमण्डी आत्मा आउँछ। अहङ्कारीहरूसित लुटको मालमा सहभागी हुनुभन्दा आत्मामा नम्र भई थिचोमिचोमा परेकाहरूका बीचमा रहनु असल हो। जसले निर्देशनलाई ध्यान दिन्छ, उसको उन्‍नति हुन्छ, धन्य हो त्यो मानिस, जसले याहवेहमा भरोसा राख्दछ। हृदयमा बुद्धिमान् हुनेहरूलाई विवेकशील भनिन्छन्, र मिठा वचनहरूले अर्तीलाई उत्साहित पार्छन्। समझशक्ति भएकाहरूका निम्ति त्यो जीवनको मूल हो, तर मूर्खताले मूर्खहरूमाथि दण्ड ल्याउँछ। बुद्धिमान् मानिसको हृदयले बुद्धि ल्याउँछ, र त्यसका ओठले अर्तीलाई बढाउँछ। मिठा वचनहरू महको चाकाजस्तै हुन्छन्, जो प्राणको निम्ति मिठो र हड्डीलाई निको पार्ने हुन्छ।

शेयर गर्नुहोस्
हितोपदेश 16 पढ्नुहोस्

हितोपदेश 16:18-24 पवित्र बाइबल (NERV)

सर्वनाश भन्दा अघि अहंकार आँउछ, अनि घमण्ड अपमानको अघि आउँछ। अहङ्कारी मानिससित लूटको धन बाँड्नु भन्दा नम्र भएर गरीब मानिससित नम्र झैं बस्नु असल हो। मानिसहरूले उपदेश दिँदा जसले सुन्छ, त्यो मानिसलाई लाभ हुन्छ, अनि जसले परमप्रभु माथि भरोसा गर्छ त्यो धन्य हुन्छ। ज्ञानी हृदय भएको मानिसलाई विवेकशील मानिस भनिन्छ, अनि कर्णमधु शब्दले ज्ञान बढाउँछ। तीब्र-बुद्धि भएको मानिसलाई बुद्धि जीवनको मूल हुन्छ, तर मूर्खहरूलाई तिनीहरूको मूर्खताले नै दण्ड भोगाउँछ। बुद्धिमानको हृदयले आफ्नो बोलीमा नियन्त्रण ल्याउँछ, र उसको ओंठले शिक्षा बढाउँछन्। आनन्द दायक बोली मह झैं हुन्छ, यसले आत्मामा आनन्द दिन्छ यसले शरीरमा चंगाई ल्याउँछ।

शेयर गर्नुहोस्
हितोपदेश 16 पढ्नुहोस्

हितोपदेश 16:18-24 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)

अहङ्कारले विनाश गराउँछ र अभिमानले पतन गराउँछ। अहङ्कारीहरूसित मिलेर लुटका माल बाँडिलिनुभन्दा बरु नम्र भई दरिद्र रहनु उत्तम हो। आफूले पाएको शिक्षामा ध्‍यान देऊ र तिमी सफल हुनेछौ। परमप्रभुमा भरोसा राख र तिमी प्रसन्‍न हुनेछौ। ज्ञानी र पाको मानिसलाई उसको समझशक्तिले चिनाउँछ। उसको बोली जति मीठो हुन्‍छ, उति उसले मानिसको मन जित्‍दछ। बुद्धिमान्‌को बुद्धि जीवनको मूल हो तर मूर्खलाई ज्ञान दिनु समय बरबाद गर्नु हो। बुद्धिमान् मानिसले सोचेर मात्र बोल्‍दछ र उसको बोलीले सुन्‍नेको मन जित्‍दछ। दयालु बोली महजस्‍तो, मनलाई खुसी पार्ने र स्‍वास्‍थ्‍य दिने हुन्‍छ।

शेयर गर्नुहोस्
हितोपदेश 16 पढ्नुहोस्