हितोपदेशको पुस्तक 16
16
1मानिसले भन्न चाहन्छ त्यो आफूले निर्णय गर्छ तर त्यो कुरा व्यक्त गर्नु चाहिने ठीक शब्दहरू चुन्नमा ऊ परमप्रभुमा भर पर्छ।
2मानिसले सोच्छ कि उसले गरेको प्रत्येक कुराहरू सही हो तर परमप्रभुले उसका अभिप्रायहरू जाँच्नु हुन्छ।
3तिनीले जे सुकै गर त्यसलाई परमप्रभुमा सुम्पिदेऊ, अनि तिम्रो योजना सफल हुनेछ।
4परमप्रभुले प्रत्येक वस्तु आफ्नो उद्देश्यमूलक योजनाले रच्नु भएको हो र दुष्ट मानिसहरूलाई पनि उहाँले तिनीहरूको विपत्तिको योजना गर्नु भएको छ।
5जुन मानिसले आफूलाई अरू भन्दा असल सम्झन्छ, त्यसलाई परमप्रभुले घृणा गर्नु हुन्छ। निःसंन्देह त्यस्तो घमण्डी मानिसलाई उहाँले दण्ड दिनु हुन्छ।
6राज भक्ति अनि विश्वासयोग्यताले दोषलाई मेटिदिन्छ। अनि परमप्रभु प्रतिको सम्मानले विपत्तिबाट बचाउँछ।
7परमप्रभुलाई जब एकजना मानिसको मार्ग मन पर्छ उहाँले उसको शत्रुलाई पनि ऊ सित प्रेमभावमा बस्ने बनाउनु हुन्छ।
8बेइमानीको माध्यमबाट पाएको ठूलो लाभ भन्दा, धार्मिकताबाट कामाएको थोरै धन उत्तम हो।
9हृदयमा मानिसले आफ्नो मार्ग ठीक पार्छ तर परमप्रभुले उसको गोडाहरूलाई मार्ग दर्शन गराउनु हुन्छ।
10राजाले बोलेको नै नियम बन्दछ, यसर्थ उसले न्यायसँग बोल्नु पर्छ।
11सही तराजु र नाप परमप्रभु सित सम्बन्धित रहन्छन्। उहाँ चाहानु हुन्छ कि सबै व्यवसाय-धन्धाहरू न्याय पूर्वक रहुन्।
12राजाले दुष्ट्याईं गर्नु घृणीत हो किनभने धार्मीकताद्वारा सिंहासन सबल हुन्छ।
13साँच्चो कुरा सुन्न मन पराउँने राजाहरूले ईमानदारीसंग बोल्ने मानिसहरूलाई मन पराउँछन्।
14जब राजा क्रोधित हुन्छ उसले कसैलाई पनि मार्न सक्छ तर ज्ञानी मानिसले उसलाई शान्त गराउँन सक्छ।
15राजा खुशी भए प्रत्येकको जीवन राम्रो हुन्छ। जब राजा तिमी सित खुशी हुन्छ, तब वसन्त ऋतुमा बादलबाट पानी परे झैं हुन्छ।
16ज्ञान प्राप्त गर्नु सुन भन्दा असल हो। समझशक्ति प्राप्त गर्नु चाँदी भन्दा असल हो।
17धर्मी मानिसहरूको बाटोले दुर्भाग्यलाई त्याग्छ, आत्मालाई जोगाउँन चाहने मानिसले ऊ कहाँ जान्छ त्यसको ख्याल गर्नु पर्छ।
18सर्वनाश भन्दा अघि अहंकार आँउछ, अनि घमण्ड अपमानको अघि आउँछ।
19अहङ्कारी मानिससित लूटको धन बाँड्नु भन्दा नम्र भएर गरीब मानिससित नम्र झैं बस्नु असल हो।
20मानिसहरूले उपदेश दिँदा जसले सुन्छ, त्यो मानिसलाई लाभ हुन्छ, अनि जसले परमप्रभु माथि भरोसा गर्छ त्यो धन्य हुन्छ।
21ज्ञानी हृदय भएको मानिसलाई विवेकशील मानिस भनिन्छ, अनि कर्णमधु शब्दले ज्ञान बढाउँछ।
22तीब्र-बुद्धि भएको मानिसलाई बुद्धि जीवनको मूल हुन्छ, तर मूर्खहरूलाई तिनीहरूको मूर्खताले नै दण्ड भोगाउँछ।
23बुद्धिमानको हृदयले आफ्नो बोलीमा नियन्त्रण ल्याउँछ, र उसको ओंठले शिक्षा बढाउँछन्।
24आनन्द दायक बोली मह झैं हुन्छ, यसले आत्मामा आनन्द दिन्छ यसले शरीरमा चंगाई ल्याउँछ।
25कहिले काही यस्तो लाग्छ कि बाटो सही छ, तर अन्त्यमा त्यस बाटोले मृत्यु तिर पुर्याउँछ।
26परिश्रमी मानिसहरूलाई उसको भोकले नै काम गराई राख्छ। उसको भोकले उसलाई काम गराउँछ ताकि उसले खान पाओस्।
27एकजना बेकाम्मा मानिसले दुष्ट योजना बनाउँछ अनि उसको उपदेशलाई आगोले झैं ध्वंश पारी दिन्छ।
28एकजना झगडा़लु मानिसले सधैँ बहसहरू सृजना गर्छ, अनि एकजना निन्दा गर्नेले घनिष्ट मित्रहरू बीच लडाईँ गराउँछ।
29एकजना उपद्रवी मानिसले उसको छिमेकिलाई ठग्छ। उसले आफ्नो मित्रलाई अनुचित बाटोमा डोर्याउँछ।
30जब मानिस हाँस्दै एउटा आँख झिम्क्याउँछ भने, उसले नराम्रो योजना बनाएको हुन्छ। अर्कालाई विगार्न आफू मुस्कुराउँदै काम गर्ने मानिस हुन्छ।
31फूलेको केश ईमान्दार जीवन जीउने मानिसहरूको गरीमाको मुकुट हुन्छ।
32मानिस धैर्यवान् हुनु लडाकु योद्धा भन्दा पनि उत्तम हो, जसले आफ्नो क्रोधलाई नियन्त्रणमा राख्छ, त्यो शहर जित्ने मानिस भन्दा पनि राम्रो मानिस हो।
33चिट्ठा, मानिसहरूद्वारा फ्याँकिन्छ तर त्यसको निर्णय परमप्रभुले गर्नु हुन्छ।
अहिले सेलेक्ट गरिएको:
हितोपदेशको पुस्तक 16: NERV
हाइलाइट
शेयर गर्नुहोस्
कपी गर्नुहोस्
तपाईंका हाइलाइटहरू तपाईंका सबै यन्त्रहरूमा सुरक्षित गर्न चाहनुहुन्छ? साइन अप वा साइन इन गर्नुहोस्
Nepali Holy Bible: Easy-to-Read Version
All rights reserved.
© 2004 Bible League International