YouVersion लोगो
खोज आइकन

हितोपदेश 16:18-24

हितोपदेश 16:18-24 NNRV

सर्वनाशको अघि अभिमान र पतनको अघि घमण्‍डी आत्‍मा आउँछ। आत्‍मामा नम्र भएर थिचोमिचोमा परेकाहरूका माझमा रहनु अहङ्कारीहरूसित लूटको माल बाँड्‌नुभन्‍दा उत्तम हो। उपदेशलाई ध्‍यान दिने मानिस फल्‍दो-फुल्‍दो हुन्‍छ, र परमप्रभुमा भरोसा राख्‍ने मानिसले आशिष्‌ पाउनेछ। हृदयमा बुद्धिमान्‌ हुनेहरूलाई विवेकशील भनिन्‍छ, र मीठा वचनहरूले शिक्षा बढ़ाउँछन्‌। समझदारी हुनेको निम्‍ति त्‍यो जीवनको मूल हो, तर मूर्खले मूर्खताकै कारण दण्‍ड ल्‍याउँछ। बुद्धिमान्‌को हृदयले आफ्‍नो मुख सम्‍हाल्‍छ, र त्‍यसका ओठले शिक्षा बढ़ाउँछन्‌। मीठा वचनहरू महका चाकाहरूजस्‍तै हुन्, जसले प्राणलाई मिठास दिन्‍छ, र हड्डीहरू निको पार्छ।