YouVersion लोगो
खोज आइकन

हितोपदेश 16:18-24

हितोपदेश 16:18-24 सरल नेपाली

अहङ्कारले विनाश गराउँछ र अभिमानले पतन गराउँछ। अहङ्कारीहरूसित मिलेर लुटका माल बाँडिलिनुभन्दा बरु नम्र भई दरिद्र रहनु उत्तम हो। आफूले पाएको शिक्षामा ध्‍यान देऊ र तिमी सफल हुनेछौ। परमप्रभुमा भरोसा राख र तिमी प्रसन्‍न हुनेछौ। ज्ञानी र पाको मानिसलाई उसको समझशक्तिले चिनाउँछ। उसको बोली जति मीठो हुन्‍छ, उति उसले मानिसको मन जित्‍दछ। बुद्धिमान्‌को बुद्धि जीवनको मूल हो तर मूर्खलाई ज्ञान दिनु समय बरबाद गर्नु हो। बुद्धिमान् मानिसले सोचेर मात्र बोल्‍दछ र उसको बोलीले सुन्‍नेको मन जित्‍दछ। दयालु बोली महजस्‍तो, मनलाई खुसी पार्ने र स्‍वास्‍थ्‍य दिने हुन्‍छ।

हितोपदेश 16 पढ्नुहोस्