YouVersion लोगो
खोज आइकन

यर्मिया 13:15-23

यर्मिया 13:15-23 नेपाली नयाँ संशोधित संस्करण (NNRV)

सुन, ध्‍यान देओ, र हठी नहोओ, किनकि परमप्रभु बोल्‍नुभएको छ। उहाँले अन्‍धकार ल्‍याउन अघि नै, साँझको अँध्‍यारोमा डाँड़ाहरू हुँदो तिमीहरूका खुट्टा ठेस लाग्‍न अघि नै परमप्रभु आफ्‍ना परमेश्‍वरलाई महिमा देओ। तिमीहरूले उज्‍यालोको आशा गर्छौ, तर उहाँले त्‍यसलाई अँध्‍यारोमा परिणत गरेर घोर अन्‍धकार बनाउनुहुनेछ। तर तिमीहरूले ध्‍यान दिएर सुनेनौ भनेता तिमीहरूका घमण्‍डको कारण म गुप्‍तमा रुनेछु। परमप्रभुको बगाल कैदमा लगिने हुनाले म धुरुधुरु रुनेछु, र मेरो आँखाबाट आँसुको धारा बग्‍नेछ। राजा र राजमातालाई भन्, “सिंहासनबाट तल झर, किनकि तिमीहरूका शिरबाट गौरवशाली मुकुट खसिजानेछन्‌।” नेगेवका सहरहरू थुनिनेछन्, र तिनीहरूलाई उघार्ने कोही पनि हुनेछैन। जम्‍मै यहूदा कैदमा लगिनेछ, पूर्ण रूपमा कैदमा लगिनेछ। आफ्‍ना आँखा उठाएर ती उत्तर दिशाबाट आउनेहरूलाई हेर्‌। तँलाई भरोसा गरेर दिइएको बगाल, तैंले घमण्‍ड गरेको बगाल कहाँ छ? आफ्‍ना विशेष मित्र बनाउनलाई तैंले फकाएकाहरूलाई जब तँमाथि शासक हुन परमेश्‍वरले खटाउनुहुन्‍छ, तब तैंले के भन्‍नेछस्‌? के प्रसववेदनामा परेकी स्‍त्रीझैँ तँलाई पीडा हुनेछैन? अनि “यस्‍ता कुरा किन ममाथि आइलाग्‍यो” भनेर तैंले मनमा भन्‍छस्‌— तैंले धेरै पाप गरेको कारणले तेरो फरिया च्‍यातियो, र तेरो शरीरमाथि कुव्‍यवहार गरियो। के कूशीले आफ्‍नो छालाको रङ्ग बद्‌लन सक्‍छ र? अथवा के चितुवाले आफ्‍नो छालाका थोप्‍ला बद्‌लन सक्‍छ र? न त तँ दुष्‍ट्याइँ गर्ने बानी बसेकोले भलाइ गर्न सक्‍नेछ।

शेयर गर्नुहोस्
यर्मिया 13 पढ्नुहोस्

यर्मिया 13:15-23 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)

हे इस्राएलका मानिसहरू हो, नम्र भएर प्रभुको वचन सुन, परमप्रभु बोल्‍नुभएको छ। उहाँले अन्‍धकार ल्‍याउनु, सामुन्‍नेका पहाडहरूमा तिमीहरूलाई ठेस लाग्‍न लाउनु र तिमीहरूले आशा गरेको ज्‍योतिलाई उहाँले अन्‍धकारमा बदली गर्नुअघि नै परमप्रभु आफ्‍ना परमेश्‍वरलाई आदर गर। तर तिमीहरूले यी मेरा कुरा सुनेनौ भने तिमीहरूका घमण्‍डका कारणले म गुप्‍तमा रुनेछु। म धुरुधुरु रुनेछु र मेरा आँखाबाट आँसुका धारा बग्‍नेछन् किनभने परमप्रभुका प्रजा कैदमा लगिएका छन्। परमप्रभुले मलाई भन्‍नुभयो, “राजा र राजमातालाई भन् कि तिनीहरू आफ्‍ना सिंहासनबाट उत्री आऊन् किनभने तिनीहरूका सुन्‍दर मुकुटहरू शिरबाट खसेका छन्। यहूदाका दक्षिणी सहरहरू घेरामा परेका छन्, कोही तीभित्र जान सक्‍दैन। यहूदाका सबै मानिसहरू कैद गरी देशबाहिर लगिएका छन्।” हे यरूशलेम, हेर्‌, तेरा शत्रुहरू उत्तरबाट आइरहेका छन्। तेरा जिम्‍मामा दिएको सुन्‍दर बगाल, जसमा तँ गर्व गर्थिस्, खोइ त्‍यो कहाँ छ? तैँले आफ्‍ना मित्र सम्‍झेका मानिसहरू तँमाथि विजयी भई राज्‍य गर्न लाग्‍दा तैँले के भन्‍नेछस्? बच्‍चा जन्‍माउन लागेकी स्‍त्रीलाई सुत्‍केरी पीडा परेझैँ तँलाई पर्नेछ। यस्‍तो कुरा किन तँमाथि आइपर्‍यो, किन तेरो फरिया च्‍यातियो र तेरो बलात्‍कार भयो भनी सोध्‍छस् भने यी कुराहरू तेरो घोर पापको कारणले भएको हो। के कालो मानिसले आफ्‍नो छालाको रङ्ग बदल्‍न सक्‍छ? अथवा के चितुवाले आफ्‍ना छालाको थोप्‍ला बदल्न सक्‍छ? त्‍यसो भएता तिमीहरू, जसले दुष्‍ट्याइँ सिकेका छौ, भलाइ गर्न सक्‍नेथ्‍यौ।

यर्मिया 13:15-23 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)

सुन, र ध्यान देओ, अहङ्कारी नहोओ; किनकि याहवेहले बोल्नुभएको छ। परमेश्‍वरले अन्धकार ल्याउन अगि, अँध्यारो डाँडाहरूमा तिमीहरूका खुट्टाहरू ठेस खानुभन्दा अगि, याहवेह तिमीहरूका परमेश्‍वरलाई महिमा देओ। तिमीहरू उज्यालोको आशा गर्दछौ, तर उहाँले ज्योतिलाई घोर अन्धकारमा बदली दिनुहुनेछ; अनि त्यसलाई गहिरो अन्धकार तुल्याइदिनुहुनेछ। तर तिमीहरूले अझै पनि सुन्‍न इन्कार गर्‍यौ भने, तिमीहरूको घमण्डको कारणले म गुप्‍तमा रुनेछु; आँखामा आँसुको धारा बगाउँदै, म धुरुधुरु रुनेछु; किनकि याहवेहको बगाल कैदी भएर लगिनेछ। राजा र राजमातालाई भन्: “तपाईंहरूका सिंहासनबाट ओर्लनुहोस्; किनकि तपाईंहरूका गौरवशाली मुकुटहरू तपाईंहरूका शिरबाट खस्‍नेछन्।” दक्षिणमा भएका सहरहरू घेरामा पर्नेछन्; अनि तिनीहरूलाई सहायता गर्ने कोही हुनेछैनन्। समस्त यहूदालाई निर्वासनमा लगिनेछ, तिनीहरू पूर्ण रूपले कैदी भएर लगिनेछन्। आफ्ना आँखा उठाएर उत्तर दिशाबाट आइरहेका शत्रुहरूलाई हेर्! तँलाई सुम्पिदिएको बगालहरू कहाँ छन्, त्यो बगाल, जसमा तैँले घमण्ड गर्थिस्? तैँले विशेष मित्रझैँ मानेकोलाई नै, याहवेहले तँमाथि शासक नियुक्त गरिदिनुहुँदा अब तँ के भन्‍नेछस्? के यसो हुँदा तँ प्रसुती वेदनामा परेकी स्त्रीझैँ पीडाले तड्पिने छैनस् र? अनि यदि तैँले “मलाई किन यस्तो भयो?” भनेर आफैँलाई सोधिस् भने, यो त तेरै पापको कारणले गर्दा तेरो फरिया च्यातिएको छ; अनि तेरो शरीरसँग दुर्व्यवहार गरिएको छ। के कूशी मानिसले आफ्नो छाला अथवा चितुवाले आफ्नो थोप्ला बदली गर्न सक्छ? तेरो दुष्‍ट काम गर्ने बानी भएको हुँदा तैँले असल काम गर्न सक्नेछैनस्।

शेयर गर्नुहोस्
यर्मिया 13 पढ्नुहोस्

यर्मिया 13:15-23 पवित्र बाइबल (NERV)

सुन र ध्यान देऊ। परमप्रभु तिमीहरूसित बोल्नु भयो। अहंकारी नहोऊ। परमेश्वर आफ्ना परमप्रभुलाई सम्मान् गर। उहाँलाई प्रशंसा गर नत्रता उहाँले अन्धकार ल्याउँनु हुनेछ। तिमीहरू अन्धकारको पहाडहरूमा झर्न अगि प्रशंसा गर, यहूदाका मानिसहरू तिमीहरूले उज्यालोको आशा गरिरहेछौ। तर परमप्रभुले डरलाग्दो अन्धकार ल्याउँनु हुनेछ। उहँले उज्यालोलाई बद्लेर बाक्लो अन्धकार बनाउनु हुनेछ। यहूदाका मानिसहरू यदि तिमीहरूले परमप्रभुको कुरालाई ध्यान दिएनौ भने। म लुक्छु अनि रून्छु। तिम्रो गर्वले मलाई रूने बनाउँछ। म धेरै जोडले रूनेछु। मेरो आँखाबाट आँसु बाढी झैं बग्नेछ? किनभने परमेश्वरको भेंडाको बथान पक्राऊ पर्नेछ। यी कुराहरू राजा र राज-मातालाई भन, “राजगद्दीबाट तल झर तिमीहरूको गौरवशाली मुकुट, तिमीहरूको शिरबाट खसेको छ।” नेगब मरुभूमिमा भएको शहरहरूका प्रवेशद्वारहरू बन्द छन्, अनि कसैले पनि तिनीहरूलाई खोल्न सक्तैनन्। यहूदाका सम्पूर्ण मानिसहरूलाई निर्वासन गरियो। तिनीहरूलाई कैदी जस्तै लगियो। हे यरूशलेम हेर! शत्रुहरू उत्तरबाट आइरहेकाछन्। परमप्रभुले दिनुभएको सुन्दर बथान, तिम्रो ती भेंडा़का बथानहरू कहाँ छन्? यदि बथानको विषयमा परमप्रभुले सोध्नु भए तिमी के भन्नेछौ? तिमीहरूले सिकाउनु पर्थ्यो। तिमीहरूले अगुवाई गरिरहेको हुनु पर्ने। के तिमी सुत्केरी पीडामा परेकी स्त्रीहरू झैं छैनौ? यदि तिमीहरू स्वयंलाई सोधे, “किन मलाई यस्तो नराम्रो कुराहरू भयो?” ती कुराहरू तिमीहरूकै पापको कारणले, तिम्रो पोशाकहरू च्यातियो अनि तिमीहरू अपमानित भयौ। जसरी एउटा चितुवाले आफ्नो छालाको थोप्ले दागहरू बद्लाउनु सक्तैन त्यसरी नै एकजना कालो वर्णको मानिसले आफ्नो वर्ण बद्लिन सक्तैन। यसर्थ तिमी दुष्टकर्मीहरू कहिल्यै परिवर्तन हुन र असल गर्न सक्तैनौ।