YouVersion लोगो
खोज आइकन

यर्मिया 13:15-23

यर्मिया 13:15-23 NCV

सुन, र ध्यान देओ, अहङ्कारी नहोओ; किनकि याहवेहले बोल्नुभएको छ। परमेश्‍वरले अन्धकार ल्याउन अगि, अँध्यारो डाँडाहरूमा तिमीहरूका खुट्टाहरू ठेस खानुभन्दा अगि, याहवेह तिमीहरूका परमेश्‍वरलाई महिमा देओ। तिमीहरू उज्यालोको आशा गर्दछौ, तर उहाँले ज्योतिलाई घोर अन्धकारमा बदली दिनुहुनेछ; अनि त्यसलाई गहिरो अन्धकार तुल्याइदिनुहुनेछ। तर तिमीहरूले अझै पनि सुन्‍न इन्कार गर्‍यौ भने, तिमीहरूको घमण्डको कारणले म गुप्‍तमा रुनेछु; आँखामा आँसुको धारा बगाउँदै, म धुरुधुरु रुनेछु; किनकि याहवेहको बगाल कैदी भएर लगिनेछ। राजा र राजमातालाई भन्: “तपाईंहरूका सिंहासनबाट ओर्लनुहोस्; किनकि तपाईंहरूका गौरवशाली मुकुटहरू तपाईंहरूका शिरबाट खस्‍नेछन्।” दक्षिणमा भएका सहरहरू घेरामा पर्नेछन्; अनि तिनीहरूलाई सहायता गर्ने कोही हुनेछैनन्। समस्त यहूदालाई निर्वासनमा लगिनेछ, तिनीहरू पूर्ण रूपले कैदी भएर लगिनेछन्। आफ्ना आँखा उठाएर उत्तर दिशाबाट आइरहेका शत्रुहरूलाई हेर्! तँलाई सुम्पिदिएको बगालहरू कहाँ छन्, त्यो बगाल, जसमा तैँले घमण्ड गर्थिस्? तैँले विशेष मित्रझैँ मानेकोलाई नै, याहवेहले तँमाथि शासक नियुक्त गरिदिनुहुँदा अब तँ के भन्‍नेछस्? के यसो हुँदा तँ प्रसुती वेदनामा परेकी स्त्रीझैँ पीडाले तड्पिने छैनस् र? अनि यदि तैँले “मलाई किन यस्तो भयो?” भनेर आफैँलाई सोधिस् भने, यो त तेरै पापको कारणले गर्दा तेरो फरिया च्यातिएको छ; अनि तेरो शरीरसँग दुर्व्यवहार गरिएको छ। के कूशी मानिसले आफ्नो छाला अथवा चितुवाले आफ्नो थोप्ला बदली गर्न सक्छ? तेरो दुष्‍ट काम गर्ने बानी भएको हुँदा तैँले असल काम गर्न सक्नेछैनस्।

यर्मिया 13 पढ्नुहोस्