हे इस्राएलका मानिसहरू हो, नम्र भएर प्रभुको वचन सुन, परमप्रभु बोल्नुभएको छ। उहाँले अन्धकार ल्याउनु, सामुन्नेका पहाडहरूमा तिमीहरूलाई ठेस लाग्न लाउनु र तिमीहरूले आशा गरेको ज्योतिलाई उहाँले अन्धकारमा बदली गर्नुअघि नै परमप्रभु आफ्ना परमेश्वरलाई आदर गर। तर तिमीहरूले यी मेरा कुरा सुनेनौ भने तिमीहरूका घमण्डका कारणले म गुप्तमा रुनेछु। म धुरुधुरु रुनेछु र मेरा आँखाबाट आँसुका धारा बग्नेछन् किनभने परमप्रभुका प्रजा कैदमा लगिएका छन्। परमप्रभुले मलाई भन्नुभयो, “राजा र राजमातालाई भन् कि तिनीहरू आफ्ना सिंहासनबाट उत्री आऊन् किनभने तिनीहरूका सुन्दर मुकुटहरू शिरबाट खसेका छन्। यहूदाका दक्षिणी सहरहरू घेरामा परेका छन्, कोही तीभित्र जान सक्दैन। यहूदाका सबै मानिसहरू कैद गरी देशबाहिर लगिएका छन्।” हे यरूशलेम, हेर्, तेरा शत्रुहरू उत्तरबाट आइरहेका छन्। तेरा जिम्मामा दिएको सुन्दर बगाल, जसमा तँ गर्व गर्थिस्, खोइ त्यो कहाँ छ? तैँले आफ्ना मित्र सम्झेका मानिसहरू तँमाथि विजयी भई राज्य गर्न लाग्दा तैँले के भन्नेछस्? बच्चा जन्माउन लागेकी स्त्रीलाई सुत्केरी पीडा परेझैँ तँलाई पर्नेछ। यस्तो कुरा किन तँमाथि आइपर्यो, किन तेरो फरिया च्यातियो र तेरो बलात्कार भयो भनी सोध्छस् भने यी कुराहरू तेरो घोर पापको कारणले भएको हो। के कालो मानिसले आफ्नो छालाको रङ्ग बदल्न सक्छ? अथवा के चितुवाले आफ्ना छालाको थोप्ला बदल्न सक्छ? त्यसो भएता तिमीहरू, जसले दुष्ट्याइँ सिकेका छौ, भलाइ गर्न सक्नेथ्यौ।
यर्मिया 13 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: यर्मिया 13:15-23
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू