YouVersion लोगो
खोज आइकन

यर्मियाको पुस्तक 13:15-23

यर्मियाको पुस्तक 13:15-23 NERV

सुन र ध्यान देऊ। परमप्रभु तिमीहरूसित बोल्नु भयो। अहंकारी नहोऊ। परमेश्वर आफ्ना परमप्रभुलाई सम्मान् गर। उहाँलाई प्रशंसा गर नत्रता उहाँले अन्धकार ल्याउँनु हुनेछ। तिमीहरू अन्धकारको पहाडहरूमा झर्न अगि प्रशंसा गर, यहूदाका मानिसहरू तिमीहरूले उज्यालोको आशा गरिरहेछौ। तर परमप्रभुले डरलाग्दो अन्धकार ल्याउँनु हुनेछ। उहँले उज्यालोलाई बद्लेर बाक्लो अन्धकार बनाउनु हुनेछ। यहूदाका मानिसहरू यदि तिमीहरूले परमप्रभुको कुरालाई ध्यान दिएनौ भने। म लुक्छु अनि रून्छु। तिम्रो गर्वले मलाई रूने बनाउँछ। म धेरै जोडले रूनेछु। मेरो आँखाबाट आँसु बाढी झैं बग्नेछ? किनभने परमेश्वरको भेंडाको बथान पक्राऊ पर्नेछ। यी कुराहरू राजा र राज-मातालाई भन, “राजगद्दीबाट तल झर तिमीहरूको गौरवशाली मुकुट, तिमीहरूको शिरबाट खसेको छ।” नेगब मरुभूमिमा भएको शहरहरूका प्रवेशद्वारहरू बन्द छन्, अनि कसैले पनि तिनीहरूलाई खोल्न सक्तैनन्। यहूदाका सम्पूर्ण मानिसहरूलाई निर्वासन गरियो। तिनीहरूलाई कैदी जस्तै लगियो। हे यरूशलेम हेर! शत्रुहरू उत्तरबाट आइरहेकाछन्। परमप्रभुले दिनुभएको सुन्दर बथान, तिम्रो ती भेंडा़का बथानहरू कहाँ छन्? यदि बथानको विषयमा परमप्रभुले सोध्नु भए तिमी के भन्नेछौ? तिमीहरूले सिकाउनु पर्थ्यो। तिमीहरूले अगुवाई गरिरहेको हुनु पर्ने। के तिमी सुत्केरी पीडामा परेकी स्त्रीहरू झैं छैनौ? यदि तिमीहरू स्वयंलाई सोधे, “किन मलाई यस्तो नराम्रो कुराहरू भयो?” ती कुराहरू तिमीहरूकै पापको कारणले, तिम्रो पोशाकहरू च्यातियो अनि तिमीहरू अपमानित भयौ। जसरी एउटा चितुवाले आफ्नो छालाको थोप्ले दागहरू बद्लाउनु सक्तैन त्यसरी नै एकजना कालो वर्णको मानिसले आफ्नो वर्ण बद्लिन सक्तैन। यसर्थ तिमी दुष्टकर्मीहरू कहिल्यै परिवर्तन हुन र असल गर्न सक्तैनौ।