सुन, ध्यान देओ, र हठी नहोओ, किनकि परमप्रभु बोल्नुभएको छ। उहाँले अन्धकार ल्याउन अघि नै, साँझको अँध्यारोमा डाँड़ाहरू हुँदो तिमीहरूका खुट्टा ठेस लाग्न अघि नै परमप्रभु आफ्ना परमेश्वरलाई महिमा देओ। तिमीहरूले उज्यालोको आशा गर्छौ, तर उहाँले त्यसलाई अँध्यारोमा परिणत गरेर घोर अन्धकार बनाउनुहुनेछ। तर तिमीहरूले ध्यान दिएर सुनेनौ भनेता तिमीहरूका घमण्डको कारण म गुप्तमा रुनेछु। परमप्रभुको बगाल कैदमा लगिने हुनाले म धुरुधुरु रुनेछु, र मेरो आँखाबाट आँसुको धारा बग्नेछ। राजा र राजमातालाई भन्, “सिंहासनबाट तल झर, किनकि तिमीहरूका शिरबाट गौरवशाली मुकुट खसिजानेछन्।” नेगेवका सहरहरू थुनिनेछन्, र तिनीहरूलाई उघार्ने कोही पनि हुनेछैन। जम्मै यहूदा कैदमा लगिनेछ, पूर्ण रूपमा कैदमा लगिनेछ। आफ्ना आँखा उठाएर ती उत्तर दिशाबाट आउनेहरूलाई हेर्। तँलाई भरोसा गरेर दिइएको बगाल, तैंले घमण्ड गरेको बगाल कहाँ छ? आफ्ना विशेष मित्र बनाउनलाई तैंले फकाएकाहरूलाई जब तँमाथि शासक हुन परमेश्वरले खटाउनुहुन्छ, तब तैंले के भन्नेछस्? के प्रसववेदनामा परेकी स्त्रीझैँ तँलाई पीडा हुनेछैन? अनि “यस्ता कुरा किन ममाथि आइलाग्यो” भनेर तैंले मनमा भन्छस्— तैंले धेरै पाप गरेको कारणले तेरो फरिया च्यातियो, र तेरो शरीरमाथि कुव्यवहार गरियो। के कूशीले आफ्नो छालाको रङ्ग बद्लन सक्छ र? अथवा के चितुवाले आफ्नो छालाका थोप्ला बद्लन सक्छ र? न त तँ दुष्ट्याइँ गर्ने बानी बसेकोले भलाइ गर्न सक्नेछ।
यर्मिया 13 पढ्नुहोस्
सुन्नुहोस् यर्मिया 13
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: यर्मिया 13:15-23
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू