YouVersion लोगो
खोज आइकन

दानिएल 3:8-25

दानिएल 3:8-25 नेपाली नयाँ संशोधित संस्करण (NNRV)

यसै बेला केही ज्‍योतिषीहरू अगि सरेर यहूदीहरूका विरुद्धमा अभियोग लगाए। तिनीहरूले राजा नबूकदनेसरलाई भने, “महाराजा, अमर रहून्‌! हजूरले हुकुम गर्नुभएको छ, कि हरेक जसले नरसिङ्गा, बाँसुरी, वीणा, सारङ्गी, सितार, न्‍याउली-बाजा र सबै किसिमका बाजाहरूको स्‍वर सुन्‍छ, त्‍यसले घोप्‍टो परेर सुनको मूर्तिलाई दण्‍डवत्‌ गर्नुपर्छ। अनि जसले घोप्‍टो परेर दण्‍डवत्‌ गर्दैन, उसलाई दन्‍किएको आगोको भट्टीमा फालिनेछ। तर केही यहूदीहरू छन्, जसलाई हजूरले बेबिलोनको प्रान्‍तमाथि शासन गर्न नियुक्त गर्नुभयो, जसका नाउँ शद्रक, मेशक र अबेद्‌नगो हुन्‌। हे महाराजा, यिनीहरूले हजूरलाई टेर्दैनन्‌। यिनीहरू न त हजूरका देवताहरूलाई पुज्‍छन्, न हजूरले स्‍थापना गर्नुभएको सुनको मूर्तिलाई दण्‍डवत्‌ गर्छन्‌।” रीसले चूर भएर नबूकदनेसरले शद्रक, मेशक र अबेद्‌नगोलाई ल्‍याउने हुकुम गरे। यसकारण यी मानिसहरू राजाकहाँ ल्‍याइए, र नबूकदनेसरले तिनीहरूलाई भने, “ए शद्रक, मेशक र अबेद्‌नगो, के यो कुरा सत्‍य हो, कि तिमीहरू मेरा देवताहरूको सेवा गर्दैनौ वा मैले स्‍थापना गरेको सुनको मूर्तिलाई दण्‍डवत्‌ गर्दैनौ? अब यदि तिमीहरूले नरसिङ्गा, बाँसुरी, वीणा, सारङ्गी, सितार, न्‍याउली-बाजा र सबै किसिमका बाजाहरूको आवाज सुन्‍ने बित्तिकै मैले बनाएको मूर्तिलाई दण्‍डवत्‌ गर्न तयार भयौ भने धेरै राम्रो हुनेछ। तर यदि तिमीहरूले यसलाई दण्‍डवत्‌ गरेनौ भने, तुरुन्‍तै दन्‍किरहेको आगोको भट्टीमा तिमीहरू फालिनेछौ। तब कुन देवताले तिमीहरूलाई मेरो हातबाट बचाउन सक्‍ला?” शद्रक, मेशक र अबेद्‌नगोले राजालाई जवाफ दिए, “हे नबूकदनेसर, यस सम्‍बन्‍धमा हजूरको अगि हाम्रो आफ्‍नै पक्षमा भन्‍नुपर्ने आवश्‍यकता केही छैन। हे महाराजा, यदि हामीहरू दन्‍किरहेको आगोको भट्टीमा फालियौं भने, हामीले सेवा गरेका परमेश्‍वरले हामीलाई यसबाट बचाउन सक्‍नुहुनेछ र हजूरको हातबाट छुटकारा दिनुहुनेछ। तर हामीलाई उहाँले यसो नगर्नुभए तापनि, हे महाराजा, हजूरका देवताहरूको सेवा गर्नेछैनौं न त हजूरले स्‍थापना गर्नुभएको सुनको मूर्तिलाई दण्‍डवत्‌ गर्नेछौं भनी हजूरलाई थाहा होस्‌ भन्‍ने हामी चाहन्‍छौं।” तब शद्रक, मेशक र अबेद्‌नगोसित नबूकदनेसर रीसले चूर भए, र तिनीहरूप्रति उनको धारणा बद्‌लियो। उनले त्‍यस आगोको भट्टीलाई साधारणभन्‍दा सात गुणा चर्काउने हुकुम गरे, र उनका सेनाको सबभन्‍दा बलिया सिपाहीहरूमध्‍ये कोहीलाई शद्रक, मेशक र अबेद्‌नगोलाई बाँधेर दन्‍किएको आगोको भट्टीमा फ्‍याँकिदिन भनी आज्ञा गरे। तब यी मानिसहरू दौरा, सुरुवाल, टोपी र अन्‍य लुगाहरूसित बाँधिएर दन्‍किरहेको आगोको भट्टीमा फ्‍याँकिए। राजाको हुकुम यति जरूरी थियो र आगोको भट्टी यति तातो थियो कि आगोको ज्‍वालाले शद्रक, मेशक र अबेद्‌नगोलाई लैजाने सिपाहीहरूलाई भस्‍म पार्‍यो, अनि यी तीन जना मानिसहरू दह्रिलो रूपमा बाँधिएकै अवस्‍थामा दन्‍किरहेको आगोको भट्टीमा परे। त्‍यसपछि राजा नबूकदनेसरले आश्‍चर्यचकित हुँदै उफ्रेर आफ्‍ना सल्‍लाहकारहरूलाई सोधे, “के हामीले बाँधेर आगोमा फालेका तीन जना मानिसहरू होइनन्‌ र?” उनीहरूले जवाफ दिए, “निश्‍चय नै हो, महाराजा।” उनले भने, “हेर त, आगोभित्र चार जना मानिसहरू वरिपरि हिँड़िरहेका देख्‍दछु, तिनीहरू नबाँधिएका र कुनै हानि नभएका देखिन्‍छन्, र त्‍यो चौथोचाहिँ देवताहरूको पुत्रजस्‍तै देखिन्‍छ।”

शेयर गर्नुहोस्
दानिएल 3 पढ्नुहोस्

दानिएल 3:8-25 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)

त्‍यही बेला केही बेबिलोनीहरूले यहूदीहरूको विरोधमा चुक्‍ली लाउने मौका छोपे। तिनीहरूले नबूकदनेसर राजालाई भने, “महाराज, दीर्घायु रहून्! महाराजाले आज्ञा गर्नुभएको छ कि बाजाको सोर सुनिने बित्तिकै हरेक मानिसले घोप्‍टो परी ढोगेर सुनको मूर्तिलाई पुज्‍नुपर्नेछ अनि जसले त्‍यसरी मूर्तिलाई ढोगेर पुज्‍दैन, त्‍यसलाई दन्‍किरहेको आगोको भट्टीमा फालिदिइनेछ। हजुरले बेबिलोन-प्रान्‍तको शासनभार सुम्‍पिएका केही यहूदीहरू अर्थात् शद्रक, मेशक र अबेद्‌नगोले हजुरका आज्ञापालन गरेका छैनन्। तिनीहरूले हजुरका देवताहरूलाई पुज्‍दैनन् र हजुरले खडा गरेको मूर्तिलाई घोप्‍टेर ढोग्‍दैनन्।” यो कुरा सुनी राजा साह्रै रिसाए र ती तीन जना मानिसहरूलाई आफ्‍नो अघि खडा गर्ने आज्ञा गरे। राजाले तिनीहरूलाई भने, “ए शद्रक, मेशक र अबेद्‌नगो! तिमीहरूले मेरा देवताहरूलाई पुज्‍न र मैले खडा गरेका सुनको मूर्तिलाई घोप्‍टेर ढोग्‍न इन्‍कार गर्दै छौ अरे। के यो कुरा साँचो हो? अब उप्रान्‍त जब तिमीहरू तुरही, सनई, वीणा, बाँसुरी, सारङ्गी र अरू बाजाहरूको सोर सुन्‍नेछौ, तब तुरुन्‍तै मूर्तिलाई ढोगेर पूजा गर। तर त्‍यसो गरेनौ भने तिमीहरू तुरुन्‍तै दन्‍किरहेको आगोको भट्टीमा फालिनेछौ। के तिमीहरूलाई बचाउन सक्‍ने अरू कोही देवता छ भनेर तिमीहरूले सोचेका छौ?” शद्रक, मेशक र अबेद्‌नगोले जवाफ दिए, “महाराज, हामीले यस विषयमा आफैंलाई बचाउने कोसिस गर्नेछैनौं। हामी जुन परमेश्‍वरको सेवा गर्छौं, उहाँले नै आगो दन्‍किरहेका भट्टीबाट र हजुरका हातबाट हामीलाई बचाउन सक्‍नुहुन्‍छ भने उहाँले अवश्‍यै हाम्रो रक्षा गर्नुहुनेछ। तर उहाँले हामीलाई बचाउनुभएन भने पनि हामी हजुरका देवताहरू पुज्‍नेछैनौं र हजुरले खडा गर्नुभएको सुनको मूर्तिलाई घोप्‍टो परी ढोग्‍नेछैनौं। यो कुरो हजुरलाई पक्‍का थाहा होस्।” तब नबूकदनेसर शद्रक, मेशक र अबेद्‌नगोसित रिसले चुर भए र तिनको अनुहार रातो भयो। यसकारण तिनले आफ्‍ना मानिसहरूलाई भट्टीमा सधैँभन्दा सात गुणा ज्‍यादा आगो दन्‍काउन आज्ञा दिए। अनि राजाले आफ्‍नो सेनाका केही बलिया-बलिया मानिसहरूलाई ती तीन जनालाई बाँधेर आगोको भट्टीमा हालिदिने आज्ञा गरे। अनि तिनीहरूले ती तीन जनालाई उनीहरूका लुगासँगै अर्थात् दौरा, लबेदा, टोपी र अरू लुगाहरूसितै बाँधे र दन्‍किरहेको आगोको भट्टीमा फालिदिए। राजाले आगोको भट्टी खुबै रन्‍काउन आज्ञा गरेका हुनाले ती तीन भाइलाई भट्टीमा फाल्‍ने मानिसहरू आगोको रापले खाक भए। त्‍यसपछि शद्रक, मेशक र अबेद्‌नगो बाँधिएकै अवस्‍थामा दन्‍किरहेको आगोको ज्‍वालामा परे। नबूकदनेसरले अचम्‍म मान्‍दै अचानक उफ्रेर खडा भए। तिनले भारदारहरूलाई सोधे, “के हामीले तीन जनालाई बाँधेर आगोको भट्टीमा फालेका होइनौं?” तिनीहरूले जवाफ दिए, “हो महाराज! हामीले त्‍यसै गरेका थियौं।” राजाले सोधे, “त्‍यसो भए, मैले कसरी त्‍यस आगोमा चार जना हिँडिरहेका देख्‍दै छु? तिनीहरूका बन्‍धन फुकेका छन् र तिनीहरूलाई कुनै पनि चोट-पटक लागेको छैन र चौथो व्‍यक्तिचाहिँ ईश्‍वरको छोराजस्‍तो पो देखिन्‍छ त!”

शेयर गर्नुहोस्
दानिएल 3 पढ्नुहोस्

दानिएल 3:8-25 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)

त्यस बेला केही बेबिलोनी ज्योतिषीहरू नजिक आए, र यहूदीहरूको विरुद्धमा अभियोग लगाए। तिनीहरूले राजा नबूकदनेसरलाई भने, “महाराजा, अमर रहून्! हे महाराजा, हजुरले यस्तो उर्दी दिनुभएको छ: नरसिङ्गा, बाँसुरी, वीणा, सारङ्गी, सितार, न्याउली बाजा र सबै किसिमका सङ्गीत सुन्‍ने हरेक व्यक्तिले घोप्टो परेर सुनको मूर्तिलाई दण्डवत् गर्नुपर्छ; अनि मूर्तिलाई घोप्टो परेर दण्डवत् नगर्ने जोसुकै पनि दन्किरहेको आगोको भट्टीभित्र फ्याँकिनेछ। तर केही यहूदीहरू छन्, अर्थात् शद्रक, मेशक र अबेद्नगो, जसलाई हजुरले बेबिलोनको प्रान्तमाथि शासन गर्न नियुक्त गर्नुभएको छ; हे महाराजा, यी मानिसहरूले हजुरको आदेश पालना गरेका छैनन्। न त तिनीहरूले हजुरका देवताहरूलाई पुज्दछन्, न त हजुरले खडा गर्नुभएको सुनको मूर्तिलाई दण्डवत् गर्छन्।” तब नबूकदनेसर रिसले चुर भएर शद्रक, मेशक र अबेद्नगोलाई ल्याउन आज्ञा गरे। यसकारण यी मानिसहरू राजाको सामु ल्याइए; अनि नबूकदनेसरले तिनीहरूलाई भने, “शद्रक, मेशक र अबेद्नगो, के तिमीहरूले मेरा देवताहरूको सेवा गर्दैनौ, अथवा मैले खडा गरेको सुनको मूर्तिलाई दण्डवत् गर्दैनौ? के यो कुरा सत्य हो? अब जुन समय तिमीहरूले नरसिङ्गा, बाँसुरी, वीणा, सारङ्गी, सितार, न्याउली बाजा र सबै किसिमका सङ्गीत सुन्छौ, तब घोप्टो परेर मैले बनाएको मूर्तिलाई दण्डवत् गर्न तयार भयौ भने धेरै असल हुनेछ। तर यदि तिमीहरूले मूर्तिलाई दण्डवत् गरेनौ भने तिमीहरू तुरुन्तै दन्किरहेको आगोको भट्टीभित्र फालिनेछौ। त्यस बेला कुनचाहिँ देवताले तिमीहरूलाई मेरो हातबाट बचाउन सक्ला?” शद्रक, मेशक र अबेद्नगोले राजालाई जवाफ दिए, “हे महाराजा नबूकदनेसर, यस विषयमा हामीले आफ्नो पक्षमा केही भन्‍नु आवश्यक छैन। यदि हामी दन्किरहेको आगोको भट्टीभित्र फालियौँ भने तापनि हामीले सेवा गरेको परमेश्‍वरले हामीलाई यस आगोबाट बचाउन सक्नुहुन्छ; अनि हे महाराजा, उहाँले हामीलाई हजुरको हातबाट छुटाउनुहुनेछ। तर यदि उहाँले छुटाउनुभएन भने तापनि हे महाराजा, हामी हजुरलाई यो कुरा थाहा होस् भन्‍ने चाहन्छौँ, कि हामी हजुरका देवताहरूको सेवा गर्नेछैनौँ, न त हजुरले खडा गर्नुभएको सुनको मूर्तिलाई नै दण्डवत् गर्नेछौँ।” तब नबूकदनेसर शद्रक, मेशक र अबेद्नगोसित रिसले चुर भएर तिनीहरूप्रति उनको विचार बदलियो। उनले आगोको भट्टीलाई अरू बेलाभन्दा सात गुणा बढी आगो दन्काउने आदेश दिए। अनि आफ्नो सेनाका सबैभन्दा बलिया केही सिपाहीहरूलाई शद्रक, मेशक र अबेद्नगोलाई हातखुट्टा बाँधेर दन्किरहेको आगोको भट्टीभित्र फ्याँकिदिने आदेश दिए। तब ती जवान मानिसहरूलाई तिनीहरूका लवेदा, सुरुवाल, टोपी, फेटा र अरू लुगाहरूसहित बाँधेर त्यस दन्किरहेको आगोको भट्टीभित्र फालिए। राजाको आदेश यति कठोर थियो र आगोको भट्टी यति तातो थियो, कि आगोको ज्वालाले शद्रक, मेशक र अबेद्नगोलाई उठाएर भट्टीमा लैजाने ती सिपाहीहरूलाई भस्म पार्‍यो। अनि ती तीन जना मानिसहरू बलियो गरी बाँधेर दन्किरहेको आगोको भट्टीभित्र फालिए। त्यसपछि राजा नबूकदनेसर आश्‍चर्यचकित हुँदै हतार-हतार आफ्ना सल्‍लाहकारहरूलाई सोधे, “के हामीले तीन जना मानिसहरूलाई बाँधेर आगोभित्र फ्याँकिदिएका होइनौँ र?” तिनीहरूले जवाफ दिए, “हजुर, हे महाराजा, अवश्य हो।” राजाले भने, “हेर त! म चार जना मानिसहरू कुनै हानि नभई फुक्‍का भएर वरिपरि हिँडिरहेका पो देख्दैछु; अनि चौथोचाहिँ ईश्‍वरको पुत्रजस्तै देखिन्छ।”

शेयर गर्नुहोस्
दानिएल 3 पढ्नुहोस्

दानिएल 3:8-25 पवित्र बाइबल (NERV)

यस घटना पछि तुरन्तै कल्दीहरू राजाकहाँ आए, ती मानिसहरूले यहूदीहरूको विरूद्धमा बोले। तिनीहरूले राजा नबूकदनेस्सरलाई भने, “हे राजन, तपाईं अमर हुनुहुन्छ। महाराज, तपाईंले यस्तो आदेश दिनु भएकोछ कि प्रत्येक जसले नरसिंङ्गा, बाँसुरी, साराङ्गी, सितार, मसक र अरू सबै किसिमका बाजाहरूको स्वर सुन्छ, त्यसले निहुरिएर सुनको मूर्तिलाई पूजा गर्नुपर्छ। अनि जसले घोप्टो परेर पूजा गर्दैन त्यसलाई दन्किरहेको आगोको भट्टीमा फ्याँकिनेछ। यहाँ केही यस्तो यहूदीहरू छन् जसले तपाईंको यो आदेशलाई पालन गर्दैनन्। तपाईंले ती यहूदीहरूलाई बाबेल प्रदेशमा महत्वपूर्ण हाकिम बनाउनु भएको छ। यिनीहरूको नाउँ यस प्रकार छ शद्रक, मेशक अनि अबेदनगो। यिनीहरूले तपाईंका देवताको पूजा गर्दैनन् अनि जुन सुनको मूर्ति तपाईंले स्थापित गर्नु भएको छ उनीहरू न त त्यस मूर्तिको सामने झुक्छन् न त पूजा नै गर्छन।” यो सुन्ने बित्तिकै नबूकदनेस्सर रिसले चूर भएर भने शद्रक, मेशक, अबेदनगोलाई लिएर आऊ। त्यस पछि उनीहरू राजाको सामुन्ने हाजिर भए। नबूकदनेस्सरले भने, “शद्रक, मेशक र अबेद्नगो के यो कुरा साँच्चो हो, तिमीहरूले मेरो देवताको पूजा गर्दैनौ अनि मैले स्थापित गरेको सुनको मूर्तिलाई निहुरिएर पूजा गर्दैनौ? अब हेर, तिमीहरूले जब नरसिंङ्ग, बाँसुरी, सितार, सात वटा तार भएको बाजा, वीणाहरू, मसक तथा प्रत्येक प्रकारको अर्को वाद्य यन्त्रहरूको ध्वनी सुन्यौ अनि सुनको मूर्तिको साम्ने झुकेर पूजा गर्नु पर्नेछ। यदि तिमीहरूले मैले बनाएको सुनको मूर्तिको पूजा गर्न तयार भयौ भने राम्रो हो तर यदि त्यसको पूजा गर्न अस्वीकार गर्यौ भने तिमीहरूलाई तुरन्तै दन्-दन् बल्दै गरेको आगोको भट्टीमा हालिनेछ। त्यस पछि तिमीहरूलाई कुनै पनि अरू देवताहरूले बचाउँन सक्ने छैन।” शद्रक, मेशक अनि अबेदनगोले जवाफमा भने, “महाराज नबूकदनेस्सर, हामीलाई अझै व्याख्या गर्ने आवश्यक्ता छैन; हामी आफ्नो मन परिवर्तन गर्ने छैनौं। यदि, हाम्रो परमेश्वर जसको हामी उपसना गर्छौ उहाँको अस्तित्व छ भने, दन्किरहेको आगोको भट्टीबाट हामीलाई बचाउँने उहाँको सामर्थ छ। यसैले हे राजा उहाँले हामीलाई तपाईंको शक्तिदेखि बचाउँनुहुन्छ। तर राजा तपाईंले यो जान्नु पर्ने छ, हामी तपाईं को देवताहरूलाई पूजा गर्ने छैनौं अथवा सुनको मूर्तिको अघाडी झुकेर दण्डवत पनि गर्ने छैनौं।” यस कुरामा नबूकदनेस्सर राजा शद्रक, मेशक अनि अबेद्नगोमाथि साह्रै रिसाए। उनको अनुहार रातो भयो। त्यस पछि उनले आफ्ना केही सैनिकहरूलाई हुकूम गरे, ती शद्रक, मेशक अनि अबेद्नगोलाई कस्सेर बाँध अनि बल्दै गरेको आगोको भट्टीमा फ्याँकिदेऊ। सैनिकहरूले शद्रक, मेशक अनि अबेदनगोलाई बाँधे अनि आगोमा फ्याँकिदिए। तिनीहरूले आफ्नो पोशाकहरू, सुरूवाल, टोपी लगाएका थिए। रिसाएका राजाद्वारा दिइएको कठोर आदेशको कारणले ती सेनाहरूले भट्टी यथास्थिती भन्दा सात गुणा बेशी तताए अनि ती सेनाहरू जब शद्रक, मेशक अनि अबेद्नगोलाई आगोमा हाल्न नजिक गए त्यसको तातोले ती सेनाहरू मारिए। ती तीनजना शद्रक, मेशक अनि अबेद्नगोलाई कस्सेर बाँधी दन्किरहेको आगोमा फ्याँकिदिए। त्यस पछि राजा नबूकदनेस्सर छक्क परे र साह्रै उत्तेजित भएर उभिए अनि आफ्ना सल्लाकारहरूलाई भने, “के हामीले आगोमा तीन जनालाई बाँधेर हालेको होइनौ?” तिनीहरूले उत्तर दिए, “हो, अवश्य हो महाराज!” तब राजाले भने, “तब कसरी म चार जना मानिसहरू खुल्ला भएर आगोमा हिँडेको देख्दैछु। त्यो चौथौ मानिस परमेश्वरको पुत्र जस्तै छ।”

शेयर गर्नुहोस्
दानिएल 3 पढ्नुहोस्