त्यही बेला केही बेबिलोनीहरूले यहूदीहरूको विरोधमा चुक्ली लाउने मौका छोपे। तिनीहरूले नबूकदनेसर राजालाई भने, “महाराज, दीर्घायु रहून्! महाराजाले आज्ञा गर्नुभएको छ कि बाजाको सोर सुनिने बित्तिकै हरेक मानिसले घोप्टो परी ढोगेर सुनको मूर्तिलाई पुज्नुपर्नेछ अनि जसले त्यसरी मूर्तिलाई ढोगेर पुज्दैन, त्यसलाई दन्किरहेको आगोको भट्टीमा फालिदिइनेछ। हजुरले बेबिलोन-प्रान्तको शासनभार सुम्पिएका केही यहूदीहरू अर्थात् शद्रक, मेशक र अबेद्नगोले हजुरका आज्ञापालन गरेका छैनन्। तिनीहरूले हजुरका देवताहरूलाई पुज्दैनन् र हजुरले खडा गरेको मूर्तिलाई घोप्टेर ढोग्दैनन्।” यो कुरा सुनी राजा साह्रै रिसाए र ती तीन जना मानिसहरूलाई आफ्नो अघि खडा गर्ने आज्ञा गरे। राजाले तिनीहरूलाई भने, “ए शद्रक, मेशक र अबेद्नगो! तिमीहरूले मेरा देवताहरूलाई पुज्न र मैले खडा गरेका सुनको मूर्तिलाई घोप्टेर ढोग्न इन्कार गर्दै छौ अरे। के यो कुरा साँचो हो? अब उप्रान्त जब तिमीहरू तुरही, सनई, वीणा, बाँसुरी, सारङ्गी र अरू बाजाहरूको सोर सुन्नेछौ, तब तुरुन्तै मूर्तिलाई ढोगेर पूजा गर। तर त्यसो गरेनौ भने तिमीहरू तुरुन्तै दन्किरहेको आगोको भट्टीमा फालिनेछौ। के तिमीहरूलाई बचाउन सक्ने अरू कोही देवता छ भनेर तिमीहरूले सोचेका छौ?” शद्रक, मेशक र अबेद्नगोले जवाफ दिए, “महाराज, हामीले यस विषयमा आफैंलाई बचाउने कोसिस गर्नेछैनौं। हामी जुन परमेश्वरको सेवा गर्छौं, उहाँले नै आगो दन्किरहेका भट्टीबाट र हजुरका हातबाट हामीलाई बचाउन सक्नुहुन्छ भने उहाँले अवश्यै हाम्रो रक्षा गर्नुहुनेछ। तर उहाँले हामीलाई बचाउनुभएन भने पनि हामी हजुरका देवताहरू पुज्नेछैनौं र हजुरले खडा गर्नुभएको सुनको मूर्तिलाई घोप्टो परी ढोग्नेछैनौं। यो कुरो हजुरलाई पक्का थाहा होस्।” तब नबूकदनेसर शद्रक, मेशक र अबेद्नगोसित रिसले चुर भए र तिनको अनुहार रातो भयो। यसकारण तिनले आफ्ना मानिसहरूलाई भट्टीमा सधैँभन्दा सात गुणा ज्यादा आगो दन्काउन आज्ञा दिए। अनि राजाले आफ्नो सेनाका केही बलिया-बलिया मानिसहरूलाई ती तीन जनालाई बाँधेर आगोको भट्टीमा हालिदिने आज्ञा गरे। अनि तिनीहरूले ती तीन जनालाई उनीहरूका लुगासँगै अर्थात् दौरा, लबेदा, टोपी र अरू लुगाहरूसितै बाँधे र दन्किरहेको आगोको भट्टीमा फालिदिए। राजाले आगोको भट्टी खुबै रन्काउन आज्ञा गरेका हुनाले ती तीन भाइलाई भट्टीमा फाल्ने मानिसहरू आगोको रापले खाक भए। त्यसपछि शद्रक, मेशक र अबेद्नगो बाँधिएकै अवस्थामा दन्किरहेको आगोको ज्वालामा परे। नबूकदनेसरले अचम्म मान्दै अचानक उफ्रेर खडा भए। तिनले भारदारहरूलाई सोधे, “के हामीले तीन जनालाई बाँधेर आगोको भट्टीमा फालेका होइनौं?” तिनीहरूले जवाफ दिए, “हो महाराज! हामीले त्यसै गरेका थियौं।” राजाले सोधे, “त्यसो भए, मैले कसरी त्यस आगोमा चार जना हिँडिरहेका देख्दै छु? तिनीहरूका बन्धन फुकेका छन् र तिनीहरूलाई कुनै पनि चोट-पटक लागेको छैन र चौथो व्यक्तिचाहिँ ईश्वरको छोराजस्तो पो देखिन्छ त!”
दानिएल 3 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: दानिएल 3:8-25
1 Week
Learn what the Bible says about boldness and confidence. The "Courage" Reading Plan encourages believers with reminders of who they are in Christ and in God's kingdom. When we belong to God, we're free to approach Him directly. Read again – or maybe for the first time – assurances that your place in God's family is secure.
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
भक्त्ति पाठहरू
भिडियोहरू