YouVersion लोगो
खोज आइकन

तीतस 1

1
1परमेश्‍वरको सेवक र येशू ख्रीष्‍टको प्रेरित पावलबाट—परमेश्‍वरका चुनिएकाहरूको विश्‍वासलाई बढाउन तथा भक्‍तिमा डोर्‍याउने सत्यको ज्ञानको लागि, 2अनन्त जीवनको आशामा अडिएको त्यो विश्‍वास र ज्ञान, जसलाई झूट नबोल्नुहुने परमेश्‍वरले सनातनदेखि नै प्रतिज्ञा गर्नुभएको थियो, 3अनि मलाई हाम्रा मुक्‍तिदाता परमेश्‍वरको आज्ञाद्वारा सुम्पनुभएको प्रचारद्वारा उहाँले आफ्नो वचनलाई तोक्नुभएको समयमा प्रकाशमा ल्याउनुभयो।
4एउटै विश्‍वासमा भएको मेरो साँचो छोरो तीतसलाई:
परमेश्‍वर पिता र हाम्रा मुक्‍तिदाता ख्रीष्‍ट येशूमा अनुग्रह र शान्ति होस्।
क्रेटमा तीतसको कार्य
5मैले तिमीलाई क्रेटमा छोडेको कारण अधुरो कामहरू पूरा गर्न, अनि मैले तिमीलाई अह्राएबमोजिम प्रत्येक शहरमा मण्डली प्रधानहरू नियुक्‍त गर्नलाई हो। 6मण्डलीका प्रधान निर्दोष, एउटै पत्नीका पति, जसका छोराछोरीहरू विश्‍वासयोग्य होऊन्, अनि कामुकता र अनाज्ञाकारीताको दोष नलागेका होऊन्। 7मण्डली अध्यक्षमाथि परमेश्‍वरको कामको अभिभारा सुम्पिएको हुनाले तिनी निर्दोष, अहङ्कार नगर्ने, चाँडै नरिसाउने, मद्यपान नगर्ने, झगडा नगर्ने, नीच कमाइको लोभ नगर्ने हुनुपर्छ। 8बरु तिनी पाहुनासत्कार गर्ने, असल मन पराउने, आत्मसंयमी, सोझो, भक्‍तिमा लागेको र अनुशासित हुनुपर्छ। 9तिनलाई सिकाइएका विश्‍वासयोग्य शिक्षामा तिनी दृढ रहून्; ताकि अरूलाई यस शिक्षाले उत्साहित पार्न सकून् र यसको विरोध गर्नेहरूलाई खण्डन गर्न सकून्।
असल नगर्नेहरूको खण्डन
10किनकि धेरै मानिसहरू विद्रोही, अर्थहीन कुरै मात्र गर्ने र छलीहरू हुन्छन्; खासगरी खतना समर्थकहरू नै यस्तै हुन्छन्। 11तिनीहरूले बेइमानीसाथ लाभ उठाउनको लागि गर्न नहुने कुराहरू सिकाइकन सारा परिवारहरूलाई नष्‍ट पारिरहेका हुनाले तिनीहरूलाई चूप गराउनैपर्छ। 12तिनीहरूका अगमवक्‍ताहरूमध्ये एक जनाले त यसो पनि भनेका छन्, “क्रेटकाहरू सधैं झूटा, दुष्‍ट पशुहरू र अल्छे घिचुवाहरू हुन्।” 13यो साक्षी साँचो हो। यसकारण तिनीहरूलाई जोडसित हप्काऊ; ताकि तिनीहरू विश्‍वासमा दह्रो बन्‍न सकून्, 14र यहूदी दन्त्यकथाहरूतिर अथवा सत्यतालाई अस्वीकार गर्ने ती मानिसहरूका आज्ञाहरूतिर ध्यानै नदिऊन्। 15शुद्ध हृदय भएकाहरूका लागि सबै थोकहरू शुद्ध हुन्छन्; तर जो भ्रष्‍ट छन् र विश्‍वास गर्दैनन्, तिनीहरूका लागि केही पनि शुद्ध हुँदैन। वास्तवमा तिनीहरूका मन र विवेक दुवै भ्रष्‍ट भएका हुन्छन्। 16तिनीहरूले परमेश्‍वरलाई जान्दछौं भनी दाबी त गर्छन्, तर आफ्ना कामले भने उहाँलाई इन्कार गर्छन्। तिनीहरू घृणित, अटेरी र कुनै असल काम गर्ने योग्यका छैनन्।

अहिले सेलेक्ट गरिएको:

तीतस 1: NCV

हाइलाइट

शेयर गर्नुहोस्

कपी गर्नुहोस्

None

तपाईंका हाइलाइटहरू तपाईंका सबै यन्त्रहरूमा सुरक्षित गर्न चाहनुहुन्छ? साइन अप वा साइन इन गर्नुहोस्