तीतस 2
2
खाँटी शिक्षा
1तिमीले जे खाँटी शिक्षासित सुहाउँदो छ, त्यही शिक्षाहरू सिकाउनू। 2वृद्ध मानिसहरूलाई संयमी, आदरका योग्य, आफूलाई अधीनतामा राख्नसक्ने, अनि विश्वासमा, प्रेममा र धीरजमा पक्का हुन सिकाउनू।
3त्यसरी नै वृद्ध स्त्रीहरूलाई जीवनका चालहरूमा आदरणीय, निन्दा नगर्ने, मद्यपान नगर्ने, बरु तिनीहरूले अरूहरूलाई असल कुराहरू सिकाउने होऊन्। 4तब तिनीहरूले तरुणी स्त्रीहरूलाई तिनीहरूका पतिहरू र छोराछोरीहरूलाई प्रेम गर्न, 5आत्मसंयमी र शुद्ध हुन, घरमा व्यस्त रहन, दयालु हुन र आ-आफ्ना पतिहरूका अधीनतामा बस्न सिकाऊन्, ताकि कसैले पनि परमेश्वरको वचनको निन्दा गर्न नपाओस्।
6त्यसरी नै जवान मानिसहरूलाई पनि आत्मसंयमी हुन उत्साह देऊ। 7जे असल छ, सो गरेर हरेक कुरामा तिनीहरूलाई उदाहरण देखाइदेऊ। तिम्रो शिक्षामा इमानदारीता, गम्भीरता देखाऊ। 8सत्य सिकाऊ, ताकि तिम्रो शिक्षाको खण्डन गर्न नसकियोस्, र हाम्रो विरुद्धमा खराबी बोल्ने कुरा केही नभएकोले हाम्रो विरोधीहरू शर्ममा परून्।
9सेवकहरूलाई सिकाऊ, कि हरेक कुरामा तिनीहरूका आ-आफ्ना मालिकहरूका अधीनतामा बसून्, तिनीहरूलाई प्रसन्न राख्न प्रयास गरून्, र जवाफ नफर्काऊन्, 10तिनीहरूले नचोरून्, तर तिनीहरूमाथि विश्वास गर्न सकिन्छ भनी देखाऊन्। तिनीहरूले हरेक कुरामा हाम्रा परमेश्वर मुक्तिदाताको शिक्षालाई शोभा बढाऊन्।
11किनकि सबै मानिसहरूका उद्धारको लागि परमेश्वरले आफ्नो अनुग्रह प्रकट गर्नुभएको छ। 12यो अनुग्रहले हामीलाई भक्तिहीनता अनि सांसारिक अभिलाषाहरूलाई अस्वीकार गर्न तथा वर्तमान समयमा आत्मसंयम, निर्दोष र भक्तिपूर्ण जीवन जिउन सिकाउँछ, 13जब हामी त्यो धन्यको आशा अर्थात् हाम्रा महान् परमेश्वर र मुक्तिदाता येशू ख्रीष्टको महिमाको आगमनको प्रतीक्षा गर्दछौं। 14उहाँले हामीलाई हरेक दुष्टताबाट मोल तिरेर उद्धार गर्नलाई र सुकर्ममा जोशिलो भएको, आफ्नै निम्ति एक विशेष जातिलाई शुद्ध पार्नलाई, आफ्नो प्राण दिनुभयो।
15यसकारण यी कुराहरू तिमीले विश्वासीहरूलाई उत्साहकासाथ सिकाउनैपर्छ। सम्पूर्ण अधिकारसहित तिनीहरूलाई अर्ती देऊ र हप्काऊ, कसैले तिमीलाई अवहेलना नगरोस्।
अहिले सेलेक्ट गरिएको:
तीतस 2: NCV
हाइलाइट
शेयर गर्नुहोस्
कपी गर्नुहोस्
तपाईंका हाइलाइटहरू तपाईंका सबै यन्त्रहरूमा सुरक्षित गर्न चाहनुहुन्छ? साइन अप वा साइन इन गर्नुहोस्
पवित्र बाइबल, नेपाली समकालीन संस्करण™
प्रतिलिपि अधिकार © 1998, 2006, 2021 Biblica, Inc.
अनुमतिसहित प्रयोग गरिएको छ। सम्पूर्ण अधिकार विश्वव्यापी रूपमा सुरक्षित रहनेछ।
Nepali Contemporary Version™, New Testament
Copyright © 1998, 2006, 2021 by Biblica, Inc.
Used with permission. All rights reserved worldwide.