1
तीतस 2:11-12
नेपाली समकालीन संस्करण
किनकि सबै मानिसहरूका उद्धारको लागि परमेश्वरले आफ्नो अनुग्रह प्रकट गर्नुभएको छ। यो अनुग्रहले हामीलाई भक्तिहीनता अनि सांसारिक अभिलाषाहरूलाई अस्वीकार गर्न तथा वर्तमान समयमा आत्मसंयम, निर्दोष र भक्तिपूर्ण जीवन जिउन सिकाउँछ
तुलना
अन्वेषण गर्नुहोस् तीतस 2:11-12
2
तीतस 2:13-14
जब हामी त्यो धन्यको आशा अर्थात् हाम्रा महान् परमेश्वर र मुक्तिदाता येशू ख्रीष्टको महिमाको आगमनको प्रतीक्षा गर्दछौं। उहाँले हामीलाई हरेक दुष्टताबाट मोल तिरेर उद्धार गर्नलाई र सुकर्ममा जोशिलो भएको, आफ्नै निम्ति एक विशेष जातिलाई शुद्ध पार्नलाई, आफ्नो प्राण दिनुभयो।
अन्वेषण गर्नुहोस् तीतस 2:13-14
3
तीतस 2:7-8
जे असल छ, सो गरेर हरेक कुरामा तिनीहरूलाई उदाहरण देखाइदेऊ। तिम्रो शिक्षामा इमानदारीता, गम्भीरता देखाऊ। सत्य सिकाऊ, ताकि तिम्रो शिक्षाको खण्डन गर्न नसकियोस्, र हाम्रो विरुद्धमा खराबी बोल्ने कुरा केही नभएकोले हाम्रो विरोधीहरू शर्ममा परून्।
अन्वेषण गर्नुहोस् तीतस 2:7-8
होम
बाइबल
योजनाहरू
भिडियोहरू