YouVersion लोगो
खोज आइकन

श्रेष्‍ठगीत 4:12-16

श्रेष्‍ठगीत 4:12-16 NCV

मेरी प्रिय, मेरी दुलही, तिमी बन्द गरी राखिएको बगैँचाझैँ छ्यौ; तिमी छोपिएको पानीको मूल, मोहर लगाएर बन्द राखेको पानीको मुहानझैँ छ्यौ। तिम्रा बोटहरू अनारको बगैँचाजस्तै छन्; जसमा उत्तम फलहरू, मेहदी र जटामसीको बगैँचा; जटामसी र केशर, बोझो र दालचिनी, सबै प्रकारका सुगन्धित धूपका रूखहरू, मूर्र र चन्दन अनि सर्वोत्तम मसालाहरूले भरिभराउ बगैँचा छन्। तिमी बगैँचाको मुहान, लेबनानका पहाडी क्षेत्रबाट बगेर आउने पानीको मुहान हौ। हे उत्तरको बतास, जाग्! हे दक्षिणको बतास, आइज! मेरो बगैँचाबाट भएर बहिदे, ताकि यसको बास्‍ना चारैतिर फैलियोस्। मेरा प्रिय आफ्नो बगैँचामा आऊन्, र त्यहाँका उत्तम फलहरू चाखून्!