मेरी प्रियतमा, मेरी दुलही पर्खालले घेरेको बगैँचा र कसैको निजी फोहोराजस्तै हो, जहाँ फलका बोटहरू प्रशस्त फुल्छन्-फल्छन्, ती अनारका बगैंचामा फल फलेझैँ सप्रन्छन् र असल फलहरू फल्दछन्। नङमा लाउने रङ्ग, जटामसी, केशर, बोझो, दालचीनी र हरेक प्रकारको धूपको केही कमी छैन। त्यहाँ मूर्र र घिउ-कुमारी, सबै किसिमका सुगन्धित बोटहरूसमेत उम्रन्छन्। मूल फुटेर निस्केका र खोलाका पानीले र लेबनानका डाँडाबाट झर्ने पानीका धारले त्यस बगैँचालाई भिजाउँदछ। हे उत्तरी बतास, उठ्, हे दक्षिणी बतास, मेरो बगैंचामा बह र बतासमा सुगन्ध भरिदे। मेरा प्रियतम, आफ्ना बगैंचामा आऊन्! र असलभन्दा असल फलहरू खाऊन्!
श्रेष्ठगीत 4 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: श्रेष्ठगीत 4:12-16
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू