YouVersion लोगो
खोज आइकन

श्रेष्‍ठगीत 4:12-16

श्रेष्‍ठगीत 4:12-16 NNRV

मेरी बहिनी, मेरी दुलही, तिमी बन्‍द राखिएको बगैँचाजस्‍तो, छोपिएको मुहानजस्‍तो, एउटा छाप लगाएकी फुहाराजस्‍तै छ्यौ। तिम्रा बोटहरू अनारको बगैँचाजस्‍तै छन्, उत्तम फलहरूले भरिएको बगैँचा— मेहदी र जटामसी, जटामसी र केशर, बोझो र दालचिनी, थरी-थरीका सुगन्‍धित धूपका रूखहरू, मूर्र र एलवा, र सबै किसिमका असल सुगन्‍धित मसलाहरू। तिमी त बगैँचाको फुहारा, लेबनानबाट बग्‍दैआएकी पानीको मूल हौ। हे उत्तरको बतास, जाग्‌। हे दक्षिणको बतास, आइज! मेरो बगैँचाबाट हुँदै बही, यसको बास्‍ना टाढ़ासम्‍म पुगोस्‌। मेरा प्रेमी आफ्‍नो बगैँचामा आऊन्, र यसका उत्तम फलहरू चाखून्‌।