YouVersion लोगो
खोज आइकन

श्रेष्‍ठगीत 3:1-4

श्रेष्‍ठगीत 3:1-4 NCV

रातभरि मैले मेरो ओछ्यानमा मेरा हृदयको प्रेमीलाई खोजेँ; मैले उहाँको खोजी गरेँ, तर उहाँलाई भेट्टाइनँ। अब म उठेर सहरतिर जानेछु, गल्‍ली र चोकहरूहुँदो; मेरा हृदयको प्रेमीलाई खोज्नेछु। मैले उहाँलाई खोजेँ, तर उहाँलाई भेट्टाइनँ। सहरमा घुम्‍दै गरेका पहरेदारहरूले मलाई भेट्टाए; मैले सोधेँ, “तपाईंहरूले मेरा हृदयको प्रेमीलाई देख्नुभयो?” म तिनीहरूबाट केही पर मात्र के गएको थिएँ; मैले मेरा हृदयको प्रेमीलाई फेला पारेँ। मैले उहाँलाई च्याप्पै समातेँ र कतै जान दिइनँ, मेरी आमाको घरमा, मलाई जन्माउने मेरी आमाको कोठामा नपुगुन्जेल सँगै लिएर आएँ।