YouVersion लोगो
खोज आइकन

श्रेष्‍ठगीत 3:1-4

श्रेष्‍ठगीत 3:1-4 सरल नेपाली

हरेक रात सुत्‍दा, मैले मेरा प्रियतमलाई सपनामा देख्‍थें, मैले उनलाई खोज्‍दथें तर भेट्टाउँदैनथें। मैले सहर चाहारेर हेरें, त्‍यसका गल्‍ली र चोकतिर चाहारें। मैले मेरा प्रियतमलाई खोजें तर उनलाई भेट्टाइनँ। सहरमा गस्‍ती लाउने प्रहरीहरूले मलाई देखे। मैले तिनीहरूलाई सोधें, “के तपाईंहरूले मेरा प्रियतमलाई देख्‍नुभयो?” तिनीहरूलाई छोडेर केही हिंडेको मात्र थिएँ मैले मेरा प्रियतमलाई भेटें। मैले उनलाई समातें, मेरी आमाको घरमा, अँ, म जन्‍मेको कोठामा नपुर्‍याएसम्‍म मैले उनलाई छोडिनँ।