YouVersion लोगो
खोज आइकन

श्रेष्‍ठगीत 3:1-4

श्रेष्‍ठगीत 3:1-4 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)

रातभरि मैले मेरो ओछ्यानमा मेरा हृदयको प्रेमीलाई खोजेँ; मैले उहाँको खोजी गरेँ, तर उहाँलाई भेट्टाइनँ। अब म उठेर सहरतिर जानेछु, गल्‍ली र चोकहरूहुँदो; मेरा हृदयको प्रेमीलाई खोज्नेछु। मैले उहाँलाई खोजेँ, तर उहाँलाई भेट्टाइनँ। सहरमा घुम्‍दै गरेका पहरेदारहरूले मलाई भेट्टाए; मैले सोधेँ, “तपाईंहरूले मेरा हृदयको प्रेमीलाई देख्नुभयो?” म तिनीहरूबाट केही पर मात्र के गएको थिएँ; मैले मेरा हृदयको प्रेमीलाई फेला पारेँ। मैले उहाँलाई च्याप्पै समातेँ र कतै जान दिइनँ, मेरी आमाको घरमा, मलाई जन्माउने मेरी आमाको कोठामा नपुगुन्जेल सँगै लिएर आएँ।

श्रेष्‍ठगीत 3:1-4 नेपाली नयाँ संशोधित संस्करण (NNRV)

रातभर मेरो ओछ्यानमा मेरो हृदयले प्रेम गरेका प्रेमीलाई मैले खोजें, मैले उहाँलाई खोजें तर भेट्टाइनँ। म अब उठेर सहरतिर लाग्‍नेछु, गल्‍ली र चोकहरूतिर। मेरो हृदयले प्रेम गरेका प्रेमीलाई म खोज्‍नेछु। यसरी मैले उहाँलाई खोजें तर भेट्टाइनँ। सहरमा घुम्‍दै गरेका पहरेदारहरूले मलाई भेट्टाए। “के तपाईंले मेरो हृदयका प्रेमीलाई देख्‍नुभयो?” तिनीहरूलाई छोड़ेर अलिक परसम्‍म मात्र म अगि बढ़ेकी थिएँ कि मेरो हृदयका प्रेमीलाई मैले भेटें। मैले उहाँलाई मेरी आमाको घर, मलाई जन्‍म दिनुहुनेको कोठामा नल्‍याउञ्‍जेलसम्‍म नछोड़ीकन समातेर राखें।

श्रेष्‍ठगीत 3:1-4 पवित्र बाइबल (NERV)

राती मेरो ओछ्यानमा, म आफूले माया गरेको मानिस खोज्छु। मैले उसलाई खोजें, तर उसलाई पाउन सकिनँ। अब म उठ्छु, म शहर वरीपरी घुम्छु। म मेरा प्रेमीलाई शहरको गल्ली, र कुना कुनामा खोज्छु। मैले शहरका पालेहरूलाई भेटें, तर मैले उहाँलाई पाउँनु सकिनँ। मलाई पालेहरूले शहर घुम्दै गर्दा भेटे, मैले तिनीहरूलाई सोधें “के तिमीहरूले मेरा प्रेमीलाई देख्यौ?” जब म ती पालेहरूदेखि अलिक पर मात्र पुगेकी थिएँ, तब मैले मेरा प्रेमीलाई भेटें, मैले उहाँलाई समातें, र उहाँलाई मेरी आमाको घरमा लगें, अर्थात ती नारीको कोठामा, जसले मलाई आफ्नो गर्भमा राखेकी थिइन्।