YouVersion लोगो
खोज आइकन

रोमी 6:1-14

रोमी 6:1-14 NCV

अब हामी के भनौं त? अनुग्रह बढोस् भनेर पाप गरिरहने त? यस्तो कहिल्यै नहोस्! हामी जो पापको निम्ति मरिसक्यौं; फेरि कसरी हामी पापमा जिइरहने त? के तिमीहरूलाई थाहा छैन कि हामी जतिजनाले ख्रीष्‍ट येशूमा बप्‍तिस्मा लियौं, उहाँसँग एक हुनका लागि उहाँको मृत्युमा बप्‍तिस्मा लिएका थियौं? तसर्थ बप्‍तिस्माद्वारा उहाँसँगै एक हुनका लागि मृत्यु भएको कारण हामी उहाँसँगै गाडियौं, र जसरी ख्रीष्‍ट मृत्युबाट पिताको महिमाद्वारा पुनर्जीवित पारिनुभयो, त्यसरी नै हामी पनि नयाँ जीवन जिऔं। यदि हामी उहाँसँगै उहाँको मृत्युको समानतामा एक भएका छौं भने, निश्‍चित रूपमा उहाँसँगै उहाँको पुनर्जीवनको समानतामा पनि उहाँसँगै एक हुनेछौं। किनकि हामी जान्दछौं कि, हाम्रो पुरानो जीवन उहाँसँगै क्रूसमा टाँगियो, ताकि पापको स्वभाव नाश होस् र अब उसो हामी पापको सेवकहरू भएर बस्‍नु नपरोस्। किनकि जो मरेको छ, ऊ पापबाट मुक्‍त भएको छ। अहिले यदि हामी ख्रीष्‍टसँग मरेका छौं भने हामी विश्‍वास गर्छौं कि, उहाँसँगै जिउने पनि छौं। किनकि हामी जान्दछौं कि, ख्रीष्‍ट मरेकाबाट पुनर्जीवित हुनुभएकोले फेरि मर्नुहुन्‍न; उहाँमाथि अब उसो मृत्युको अधिकार छैन। जुन अद्वितीय मृत्यु उहाँ मर्नुभयो; त्यो मृत्यु सबैका पापको लागि एकपटक मर्नुभयो; तर जुन जीवन उहाँ अब जिउनुहुन्छ, त्यो जीवन परमेश्‍वरको निम्ति जिउनुहुन्छ। यसरी नै तिमीहरूले पनि आफूलाई पापको निम्ति मरेको तर ख्रीष्‍ट येशूमा परमेश्‍वरको निम्ति जीवित भएको ठान्‍नुपर्छ। यसकारण शरीरका खराब अभिलाषाहरूका अनुसार चल्नु नपरोस् भनेर तिमीहरूका मरणशील शरीरमा पापलाई शासन गर्न नदेओ। आफ्ना शरीरका कुनै पनि अङ्गलाई दुष्‍टताको हतियारको रूपमा पापको निम्ति अर्पण नगर, तर मृत्युबाट जीवन पाएकाहरूझैं, आफूलाई परमेश्‍वरको निम्ति अर्पण गर र आफ्ना शरीरका सबै अङ्गहरूलाई धार्मिकताको हतियारको रूपमा अर्पण गर। अब उसो पाप तिम्रो मालिक हुनेछैन, किनकि तिमी व्यवस्थाको होइन, तर अनुग्रहको अधीनतामा छौ।

रोमी 6 पढ्नुहोस्