त्यसो भए हामीले के भन्ने? के परमेश्वरको अनुग्रह धेरै पाइरहन हामी पाप गरिरहौं त? अहँ, त्यसो गर्नुहुँदैन। पापको लागि त हामी मुर्दा हौं, मुर्दा कसरी अब पाप गरेर जिउन सक्छ? तिमीहरूलाई थाहै छ, हामीले ख्रीष्टमा बप्तिस्मा पाउँदा उहाँसँगै एक भएर मर्यौं। हामी पनि उहाँसँगै बप्तिस्माद्वारा मरेर गाडियौं। शक्तिशाली परमेश्वर पिताले आफ्नो महिमाद्वारा येशू ख्रीष्टलाई मरेकोबाट बिउँताउनुभयो। त्यसो हुँदा हामी पनि पुरानो जीवन छोडेर नयाँ जीवनमा ख्रीष्टजस्तै जिउनेछौं। किनभने उहाँको मृत्युमा हामी एक भयौं भने उहाँसँगै मरेकोबाट बिउँतिदा पनि एक हुनेछौं। हामीलाई यो थाहा छ, पापले राज्य गरेको जीवन नाश होस् र हामी पापको कैदी भइरहनुनपरोस् भनेर हाम्रो पुरानो जीवन ख्रीष्टसँगै क्रूसमा मारिएको छ किनभने मरिसकेको मानिस पापको कैदबाट छुटेको हुन्छ। ख्रीष्टसँगै मर्यौं भने उहाँसँगै बाँच्ने पनि छौं भनेर हामी विश्वास गर्दछौं किनभने हामीलाई थाहा छ, ख्रीष्ट मरेर पनि फेरि बिउँतनुभएको छ। अब उहाँ कहिल्यै मर्नुहुनेछैन, उहाँमाथि मृत्युको कुनै शक्ति चल्दैन। पापको लेखि ख्रीष्ट एक पल्ट मर्नुभएकोले उहाँमाथि पापको पनि कुनै शक्ति चल्दैन अनि परमेश्वरको निम्ति उहाँ सधैँभरि बाँच्नुहुन्छ। त्यसरी नै तिमीहरूले पनि आ-आँफूलाई पापको लागि मरेको तर परमेश्वरको लागि ख्रीष्ट येशूसँगै बाँचेको सम्झिनुपर्छ। यसकारण आफ्नो मरणशील शरीरमा फेरि पापले राज्य गर्न नपाओस्। कुनै पनि आफ्ना अङ्ग दुष्ट काम गर्न पापलाई नचढाओ। तर मरेर पनि फेरि असल कामको लागि जिउने मानिसहरूजस्तै आफ्नो पूरै जीवन परमेश्वरकहाँ चढाओ र आफ्ना अङ्ग असल काम गर्न उहाँलाई चढाओ। पापले तिमीहरूमाथि राज गर्नेछैन किनभने तिमीहरू व्यवस्थाको अधीनमा होइन तर अनुग्रहको अधीनमा छौ।
रोमी 6 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: रोमी 6:1-14
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू