यसकारण जसरी एकजना मानिस आदमद्वारा संसारमा पापले प्रवेश गर्यो, पापद्वारा मृत्यु आयो, र यसरी नै सब मानिसमा मृत्यु फैलियो; किनकि सबैले पाप गरेका छन्। किनकि व्यवस्था दिइनुअघि नै संसारमा पाप थियो, तर जहाँ व्यवस्था हुँदैन, त्यहाँ पापको लेखा पनि हुँदैन। तर आदमदेखि मोशासम्म नै मृत्युले शासन गर्यो, तिनीहरूलाई पनि जसले आदमले जस्तो आज्ञा तोडेर पाप गरेका थिएनन्। आदम, जो पछि आउनुहुनेका एक प्रतिरूप हुन्। तर परमेश्वरको वरदान अपराधसँग समान हुँदैन; किनकि यदि एकजना मानिस आदमको अपराधले धेरैजना मरे भने त्योभन्दा कति धेरै परमेश्वरको अनुग्रह तथा एकजना मानिस येशू ख्रीष्टको अनुग्रहको वरदानले धेरैका लागि प्रशस्त भयो! परमेश्वरको वरदान एकजना मानिस आदमको पापको परिणामसँग तुलना गर्न सकिँदैन: एउटै पापले न्याय र दण्ड ल्यायो; तर वरदानले धेरै अपराधहरू पछि पनि निर्दोषीकरण ल्यायो। किनकि जब एउटा मानिस आदमको अपराधको कारण त्यही एउटै मानिसद्वारा मृत्युले शासन गर्यो भने एउटा मानिस येशू ख्रीष्टद्वारा परमेश्वरको अनुग्रहको प्रशस्तताले र धार्मिकताको वरदानले जीवनमा कति बढी राज्य गर्नेछ। यसकारण जसरी एउटाको अपराधले सबै मानिसलाई दण्डको आज्ञा भयो, त्यसरी नै एउटै धार्मिकताको कार्यले पनि सबै मानिसमा निर्दोषीकरण र जीवन ल्यायो।
रोमी 5 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: रोमी 5:12-18
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू