YouVersion लोगो
खोज आइकन

रोमीहरूलाई पावलको पत्र 5:12-18

रोमीहरूलाई पावलको पत्र 5:12-18 NERV

पाप संसारमा एकजना मानिसको कारणले आएको हो। अनि पापसँग मृत्यु पनि आयो। यसैले गर्दा सबै मानिसहरू मर्नै पर्ने भयो, किनभने सबैले पाप गरेका छन्। मोशाको व्यवस्था अघि पनि संसारमा पाप थियो। तर त्यहाँ व्यवस्था नभएको भए परमेश्वरले मानिसलाई पापको दोषी ठहर्याउनु हुने थिएन। तर आदमको समयदेखि मोशाको समयसम्म, सबै मानिसहरूलाई मर्नु नै थियो। आदमले परमेश्वरको आज्ञा पालन नगर्नाले मर्नु पर्यो। तर आदमले जस्तो अन्य मानिसहरूले पाप नगरे तापनि तिनीहरूले मर्नु पर्यो। आदम ख्रीष्ट जस्तै थिए जो भविष्यमा संसारमा आइरहेका थिए। तर परमेश्वरको सितैको वरदान आदमको पाप जस्तो होइन। धेरै जना त्यस एकजना मानिसको पापको कारणले गर्दा मरे। तर परमेश्वरको अनुग्रह अत्यन्त महान थियो। धेरै मानिसहरूले परमेश्वरबाट जीवन-दान पाए त्यो एउटै मानिस येशू ख्रीष्टको अनुग्रहद्वारा पाइएको हो। जब आदमले पाप गरे, उनी पापी भनेर न्याय गरिए। तर परमेश्वरको उपहार भिन्नै छ। परमेश्वरको मुल्यरहित उपहारले मानिसहरूलाई धर्मी तुल्याउँदछ। एकजना मानिसको पापले गर्दा मृत्युले सबैमाथि राज गर्यो। यसकारण जसले परमेश्वरको पूर्ण अनुग्रह र उहाँको धार्मिकताको महान उपहार स्वीकार गर्छन् तिनीहरूले सत्य जीवन पाउँछन् र एक मात्र येशू ख्रीष्टद्वारा शासित हुन्छन्। यसैले एउटा मानिसको पापले सबै मानिसहरूमाथि मृत्युको दण्ड ल्यायो। तर त्यस्तै प्रकाले, ख्रीष्टले एउटा असल काम गर्नुभयो जुन कामले सबै मानिसहरूलाई धार्मिक बनाउँदछ र अनन्त जीवन ल्याउदछ।