YouVersion लोगो
खोज आइकन

प्रकाश 8:6-13

प्रकाश 8:6-13 NCV

तब सात वटा तुरहीहरू भएका ती सात स्वर्गदूतहरू तुरही फुक्न तयार भए। जब पहिलो स्वर्गदूतले आफ्नो तुरही फुके, तब त्यहाँ रगतमा मिसिएका असिना र आगो उत्पन्‍न भए, र पृथ्वीमाथि वर्षिए। पृथ्वीको एक तिहाइ भाग, रूखहरूको एक तिहाइ भाग र सबै हरिया घाँसहरू जलेर भस्म भयो। जब दोस्रो स्वर्गदूतले आफ्नो तुरही फुके, तब बल्दैगरेको एउटा ठूलो पहाडजस्तै कुनै वस्तु समुद्रमा फालियो; अनि समुद्रको एक तिहाइ भाग रगतमा परिणत भयो। समुद्रमा भएका जीवित प्राणीहरूको एक तिहाइ भाग मरे; अनि जहाजहरूको एक तिहाइ भाग नष्‍ट भयो। जब तेस्रो स्वर्गदूतले आफ्नो तुरही फुके, तब राँकोझैँ जलिरहेको एउटा ठूलो तारा आकाशबाट नदीहरूको एक तिहाइ भागमाथि र पानीका मुहानहरूमाथि खस्यो; त्यस ताराको नाम तितो हो। पानीको तेस्रो भाग तितो भयो, र तितो पानीका कारण धेरै मानिसहरू मरे। जब चौथो स्वर्गदूतले आफ्नो तुरही फुके, तब सूर्यको एक तिहाइ भागमाथि र चन्द्रमाको एक तिहाइ भागमाथि अनि ताराहरूको एक तिहाइ भागमाथि प्रहार भयो; जसद्वारा तिनीहरूको एक तिहाइ भाग अँध्यारो भयो। दिनको एक तिहाइ भाग र रातको एक तिहाइ भाग पनि ज्योतिविहीन भयो। जसरी मैले ध्यानसित हेरिरहेको थिएँ, आकाशको बीचमा उडिरहेको एउटा गरुडले चर्को सोरमा यसो भनिरहेको सुनेँ: “अरू तीन स्वर्गदूतहरूले फुक्न लागेका तुरहीका आवाजहरूको कारण पृथ्वीवासीहरूलाई आतङ्क! आतङ्क! आतङ्क!”

प्रकाश 8 पढ्नुहोस्