तब सात तुरही साहितका ती सात-स्वर्गदूतहरू आफ्ना तुरहीहरू बजाउन तयार भए। पहिलो स्वर्गदूतले तुरही बजाए। तब रगत मिसिएको असिना अनि आगो पृथ्वीमा झर्यो अनि पृथ्वीको एक-तिहाइ अंश अनि सबै हरिया घाँसहरू अनि एक-तिहाइ रुखहरू जले। दोस्रो स्वर्गदूतले आफ्नो तुरही बजाए। तब आगोले जलेका पहाड जस्तै केही समुद्र तर्फ फ्याँकियो। अनि समुद्रको एक-तिहाई अंश रगत बन्यो। अनि एक-तिहाइ समुद्रका प्राणीहरू मरे, अनि एक-तिहाइ जहाजहरू नष्ट भए। तेस्रो स्वर्गदूतले आफ्नो तुरही बजाए। तब, राँको बलेको जस्तो एक विशाल तारा आकाशाबाट झर्यो। त्यो तारा एक-तिँहाईँ अंश नदीहरू अनि पानीको मुलमा खस्यो। त्यो ताराको नाउँ “नागदौना” थियो। अनि सबै एक तिहाइ अंश पानी तितो भयो। त्यो तितो पानी पिएर धेरै मानिसहरू मरे। चौथो स्वर्गदूतले आफ्ना तुरही बजाए। तब एक-तिहाई अंश सूर्य, एक-तिहाई अंश चन्द्रमा अनि एक-तिहाई अंश ताराहरूमाथि प्रहार भयो। ती जम्मैको एक तिहाई अंश अँध्यारो भयो। दिन अनि रातको पनि एक तिहाई अंश प्रकाशरहित भयो। जब म हेर्दै थिँए मैले माथि आकाशमा गरुड उडिरहेको आवाज सुनें। त्यो गरुडले ठूलो स्वरमा भन्यो, “कष्ट, कष्ट, मानिसहरूलाई जो पृथ्वीमा बस्छन्, तिनीहरूलाई कष्ट, कष्ट होस्। त्यो कष्ट बाँकी रहेका अन्य तीन स्वर्गदूतहरूले तुरही बजाएको आवाज सुने पछि शुरु हुनेछ।”
यूहन्नालाई भएको प्रकाश 8 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: यूहन्नालाई भएको प्रकाश 8:6-13
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू